काठमाडौं / प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली राहदानी प्रयोग गरेको आरोप एक जनालाई पक्राउ गरेको छ ।
सुनसरी स्थायी घर भई हाल काठमाडौंको सिनामंगल बस्ने ४४ वर्षीय महेन्द्र भण्डारी नक्कली राहदानी प्रयोग गरेको आरोपमा आइतबार पक्राउ परेका हुन् ।
हिमालयन एयरलाइन्सको जहाजबाट नेपाल आएका भण्डारीले गोरखा धुवाकोट ३ ठेगाना भएका राजु पौडेलको नामको राहदानी नम्बर ३३७३२७७ र ०९२८१९६ नम्बरका २ वटा राहदानीमा आफ्नो तस्बिर राखी दुरुपयोग गरेको प्रहरीको आरोप छ ।
उनले सो राहदानी प्रयोग गरी पटक पटक विदेश आवातजावत गरेको प्रहरीको भनाई छ । उनलाई अहिले आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ
रातोपाटी बाट ।