दुहबी/सुनसरीको दुहबी वडा नम्बर २ र वडा नम्बर ९ का युवाबिच बुधबार बेलुकी साढे आठ बजे सामुहिक झडप हुदा ८ जना घाइते भएका छन भने १ जना गम्भीर घाइते भएका छन ।
झडपमा वडा नम्बर २ वीर गाउँका का ३ जना युबाहरु विशाल खवास,सुसननारायण चौधरी र अजय नारायण चौधरी घाइते भएका छन्। उनिहरुको टाउको र हात खुट्टा तथा कानमा चोट लागेको छ। उनिहरुको दुहबी स्थित जिबन ज्योति स्वास्थ्य क्लिनिकमा उपचार भैरहेको छ। घाइते विशाल खवासका अनुसार दुहबी वडा नम्बर २ बिरगाउँ नजिक आफु मोटरसाइकलमा जाने क्रममा बिपरित दिसा तर्फ आईरहेको मोटरसाइकल आफ्नो मोटरसाइकल नजिक भई जुध्न खोज्दा आफू बाटो काट्ने क्रममा सामान्य भनाभन भएपछि आफू तर्केर जान खोज्दा मोटरसाइकलमा सवार भएका युवाले पख भन्दै फोन गरि उसको छाताबेलि गाउँ बाट २०–२५ जनाको संख्यामा युवाहरु बोलाएर आफूहरु माथी अनाधुन आक्रमण गरेको बताए ।
पछिबाट बोलाएका युवाहरूले घरेलु हतियार खुकुरी , रड जस्ता हतियार प्रयोगगरि आफुहरुको घर पसेर आफू हरुको घर परिवार सुस्मिता खवास , प्रितिका चौधरी लगायत महिलाहरुमा पनि हात पात गरि घरको दराज समेत फुटाई लुटपाट गरेको खवासको आरोप छ ।
उता सो झडपमा परी दुहबी ९ छाताबेलिका मो.सफरुदिन,सफि आलम, नौसाद आलम,जम्सेद रैन,नुर आलम, सिराज आलम घाइते भएका छन्। उनिहरुको टाउको र हात खुट्टामा चोट लागेको छ।
झडपमा को २९ प १२६०, को ३२ प ३२५९ , ज ७ प ५८५८ नम्बरको तिन वटा मोटरसाइकल समेत क्षति भएको घाइते भएका मो.सफरुदिनले बताइएका छन।
मो.सफरुदिनका अनुसार दुहबीको सुनसरी सामुदायिक अस्पतालमा भर्ना भएका आफ्न्त पर्ने बिरामी लाई खाना पुर्याउने क्रममा दुहबी २ वीर गाउँ स्थित बाटोमा मदिरा सेवन गरेको युवा समुहले बाटोमा अनियन्त्रित गाडी चलाई आफूहरुको मोटरसाइकल लाई ठक््कर दिन खोजेकोमा सम्झाउन बुझाउन खोज्दा अचानक आफूहरुलाई घरेलु हात हतियार खुकुरी , रड जस्ता हतियारहरु प्रयोग गरि अनाधुन आक्रमण गरि घाइते बनाएको उनको आरोप छ ।
टाउको र अनुहारमा गम्भीर चोट लागेका घाइते मध्येका दुहबी ९ का जम्सेद आलमलाइ उपचारका लागि बिराट नर्सिङ्ग होममा भर्ना गरिएको छ। उनको अवस्था गम्भीर रहेको मो.नौसाद मियाले बताए। सफरुदिन मियालाई थप उपचारको लागि बिराटनगरको हाम्रो अस्पताल रेफर गरिएको र बाकी सुनसरी सामुदायिक अस्पताल दुहबीमा भर्ना गरिएको घाइते मो.नौसाद मियाले बताए।
मोरङ जिल्ला बुढीगंगा ४ घर भएका मोहफुज आलमका अनुसार झडपको केहि वेरपछि को २९ प १२६० नम्बरकोे आफ्नो मोटरसाइकल तोडफोड गरि आफु र आफ्नी आमा सैफुल खातुनलाइ कुटपिट समेत गरेको बताए। दुहबी ९ छाता बेलिमा रहेका आफ्नो हजुरबुवाको घरबाट घर फर्किने क्रममा दुहबी २ स्थित वीर गाउँको बाटोमा आफू हरु लाई बिना कारण केही सोधपुछ नगरि सोही गाउँका केही युवाले बाटो रोकेर आफू हरु माथी अचानक आक्रमण गरेको आलमको आरोप छ । स्थानियहरुका अनुसार झडपले उग्ररुप लिने भएपछि समाजका भद्र भलादमी,जनप्रतिनिधि, राजनितिक दलका नेताहरु लगायत मिलेर दुबैपक्षलाइ घटना साम्य बनाउँन भूमिका खेलेका थिए।
ईलाका प्रहरी कार्यालय दुहबीका अनुसार बाटोमा आउने जाने क्रममा २ मोटरसाइकल एक आपसमा जुध्न आटेपछि दुबै पक्षबिच विवाद उत्पन्न हुँदा वुधवार राती साढे आठ बजे सामुहिक झडप भएको जनाएको छ। २ जना युवाहरूलाई तत्कालैे पक्राउगरी थुनामा राखिएको तथा अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । बिगत लामो समय देखि दुहबी अपराधको केन्द्र बिन्दु देखा पर्न थाले पछि स्थानीय चिन्तीत भएको देखिन्छन । पछिल्लो समय दुहबीमा हत्या हिंसा,चोरी,तस्करी,अपहरण,बलात्कार,लागू पदार्थ ओसार पोसार भई रहदा समेत दुहबी प्रहरी असफल भईरहेको स्थानीय हरुको भनाइ छ।






