• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

पूर्वी पहाडी जिल्लामा भारी हिमपात हुँदा जनजीवन प्रभावित

काेचिला खबर by काेचिला खबर
02/19/2021
in मुख्य
76
SHARES
346
VIEWS
Share on FacebookShare on Twitter

तेह्रथुम / बिहीबार साँझ वर्षासँगै पूर्वी पहाडी जिल्लाका उच्च स्थानमा हिमपात भएको छ। 

बाक्लो हिमपात भएपछि ती ठाउँको जनजीवन प्रभावित भएको छ। हिमपात विशेषगरी तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तिनजुरे मिल्के जलजले क्षेत्रमा भारी मात्रामा भएको छ।

तीनजुरे, पटेकडाँडा, मार्गा, गुफा बजार, मेन्छ्यायाम डाँडा, लसुने, जिरिखिम्ती, हरीसे, गुफापोखरीलगायतका लेकाली क्षेत्रमा भारी मात्रामा हिमपात भएपछि हिउँले सेत्याम्य भएका छन्।

ती क्षेत्रमा बाक्लो मात्रामा हिउँ परेपछि सिसाजस्तै हिउँ जमेको छ। हिमपात भएपछि चिसो बढेकाले जनजीवन प्रभावित भएको स्थानीय प्रकाश बरालले बताए।

हिमपात भएपछि बिहीबार बेलुका घरबाहिर निस्कन नसक्ने अवस्था आएको उनले बताए।  हिउँ परेपछि जाडोले बालबालिका, वृद्धवृद्धा र पशु चौपाया बढी प्रभावित भएको बरालको भनाइ छ ।  

एक्कासी हिउँ परेकाले लेकाली क्षेत्रका जंगलमा रहेका चौंरी तथा भेडी गोठहरु औल क्षेत्रमा झार्न नपाएको नुनढाकीका लाक्पा गेलु शेर्पाले बताए। यसैबीच वर्षा संगै जिल्लामा हिमपात भएपछि बानीनाली सप्रने भन्दै किसान उत्साहित भएका छन। करिब दश महिनापछि वर्षात् भएको र त्योसँगै हिमपात पनि भएकाले लेकाली क्षेत्रमा हुने तरकारी बालीलाई फाइदा पुग्ने किसानको भनाइ छ।

यसैबीच हिमपात यो वर्ष पहिलोपटक भएकाले पर्यटकीय गतिबिधि बढ्ने भन्दै स्थानीय खुसी भएका छन्। तिनजुरे मिल्के जलजले क्षेत्रमा विशेषगरि गुराँस हेर्न र हिउँ खेल्न आन्तरिक पर्यटक आउने गरेका छन। बिहीबार साँझ हिउँ परेपछि शुक्रबार बिहानैदेखि पर्यटक आउन थालेको स्थानीय बरालले जानकारी दिए।

उनले यो वर्ष गएका वर्षहरू भन्दा केही ढिलो र कम मात्रामा हिउँ परेको जानकारी दिए। ‘गएका वर्षहरुमा माघ महिना लागेदेखि नै एक दुइ फिट बाक्लो मात्रामा हिउँ पथ्र्यो।’ कार्कीले भने ‘यस वर्ष फागुन लागेपछि मात्रै त्यो पनि आधा फिट बाक्लो मात्रै हिउँ परेको छ।’ 

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

02/02/2026
स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

01/27/2026
राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

11/28/2025
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

11/23/2025
खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

10/08/2025
नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

09/22/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist