दुहबी नगरपलिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ६७ करोड ९९ लाख ९२ हजार ९ सय ७६ रुपैयाँको बजेट प्रस्तुत गरेको छ। दुहबी नगरपलिकाले आगामी आर्थिक वर्षकालागि बजेट सार्वजनिक गरेको हो ।
दुहबी नगरपालिकाको वार्षिक बजेट भन्दा बढीको महत्वकांक्षि योजनाहरुको शिलान्यास भइ सकेको छ । दुहबी नगर पालिकाका मेयर बेदनारायण गच्छदारले भौतिक विकास लगायत शिक्षा र स्वास्थ्यलाई समेत प्रमुख प्राथमिकतामा राखेको जनाए । दुहबी नगरपालिकाको योजना अनुसारको विकास बजेट कम भएपनि प्रदेश र संघिय सरकारबाट पहल गरि दुहबीलाइ नमूना नगरको रुपमा स्थापित गर्न आफु लागिपरेको मेयर गच्छदारले बताए ।
महत्वकांक्षि योजनाकोरुपमा रहेको दुहबी रिङ
रोड,सुकुम्वासी तथा असाहाय घर
परिवारकालागि नगर प्रमुख आवास योजना,मनमोहन सामुदायिक भबन तथा फिजिकल फिट्नेस सेन्टर, ब्यब्स्थित हाट बजार, कोल्ड स्टोर,अन्तराष्ट्रिय स्तरको दुहबी रंगशाला, ब्यब्स्थित माछा मासु पसल लगायतको योजनाहरु शिलान्यास भइ सकेको मेयर गच्छदारले बताए ।
मेयर गच्छदारले दुहबीको बसपार्क, दुहबी नगर पालिकाको कार्यालय अगाडी रहेको १० कठ्ठा जग्गामा सपिङ कम्प्लेक्स,एग्रो प्रोसेस सेन्टर,मिल्क प्रोसेस सेन्टर,फोहोर ब्यब्स्थापन सेन्टर, स्लेटर हाउस लगायतको योजनाको डिपिआर भैसकेकोले चाडैनै काम सुरु हुने समेत जानकारी दिएका छन ।
चालू आर्थिक वर्षका लागि दुहबी नगर पालिकाले कोरोना भाइरस (कोभिड–१९)को प्रभाव अझै बढिरहेको अवस्थामा सो को नियन्त्रण
रोकथामका साथसाथै उचित स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्य क्षेत्रमा रु. ४,९५,००,००० विनियोजन गरेको
छ ।
दुहबीवासीको गौरवको योजना वाटरपार्कलाई बहुवर्षे योजनामा समावेश गरी निर्माण सम्पन्न
गर्न कार्यारम्भ आ.व. ०७७÷०७८ बाट नै सुरु गर्नका लागि रु. ३,००,००,००० विनियोजन गरेको छ । सो रकम आयोजनागत ऋणबाट पुर्ति गरिनेछ । यो आयोजना संघीय सरकार, प्रदेश सरकार र दुहबी नगरपालिकाको संयुक्त लागानीमा सञ्चालन गरिनेछ ।
दुहबी नगर क्षेत्र भित्र सुकुम्बासी समस्याको न्यूनिकरण गर्न उपयुक्त वस्ती विकासमा जोड दिदै नगरप्रमुख आवास योजना आगामी २ वर्ष भित्र सम्पन्न गरिनेछ । सो को लागि यस वर्ष रु. २,९३,८८,००० विनियोजन गरेको छ ।
भौतिक पूर्वाधार अन्तरगत सडक कालोपत्रे गर्ने कार्यलाई प्राथमिकताका साथ सञ्चालन गरिने नीति अनुसार दुहबी ९,१०,७,११ र १२ नंं वडा जोड्ने सडकको लागि
रु. ४,०३,७६,००० विनियोजन गरेको छ ।
विभिन्न सडक कालोपत्र गर्नका लागि रु. ५,०४,७४,००० विनियोजन गरेको छ ।
वडागत विकासका लागि वडाले योजना तथा कार्यक्रम सञ्चालन गर्ने गरी चालु र पूँजीगत गरी १ देखि १२ वडा सम्म जम्मा रु. ९,८३,५०,००० विनियोजन गरेको छ ।
दुहबी नगरपालिकामा गैर सरकारी संस्थाहरुसंग सहकार्य गर्ने कार्यलाई प्राथमिकतामा राख्दै अपाङ्गता
रोकथाम तथा पुनस्र्थापना कार्यका लागि प्रदेश सरकार र करुणा फाउण्डेसन संग साझेदारीमा कार्यक्रम सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरेको छ।
प्राविधिक शिक्षालाई जोड दिदै विद्यालयमा विद्यार्थीको टिकाउदर अभिवृद्धि गर्दै शिक्षाको गुणस्तर सुधार
गर्न समग्र शिक्षा क्षेत्रमा रु.१७,१५,००,००० विनियोजन गरेको छ। कृषकहरुको जीवनस्तर सुधार गर्न कृषि तरकारी खेती, फलफूल खेती, फूल खेतीलाई पकेट क्षेत्रको रुपमा विकास गर्नको लागि कृषि तर्फ रु.६५,००,००० विनियोजन गरेको छ।
ब्यावसायिक पशुपालनमा जोड दिदै बाख्रा तथा बंगुरपालनमा पकेट क्षेत्रको रुपमा विकास गर्न लयायत पशु विकासका लागि रु. ६६,००,००० विनियोजन गरेको छ। यसैगरी दुहबी ४ मा निर्माणाधिन कोल्ड ब्लकको लागि रु. ९,४५,००० विनियोजन गरेको छुसाथै दुहबी ४ मा कृषि बजार ब्यवस्थापनका लागि रु.३,७५,००० विनियोजन गरेको छ।
युवाहरुको चाहना अनुसार खेलकुद क्षेत्रको विकासको लागि रङ्गशाला निर्माणको लागि थप स्रोत जुटाउन प्रयत्न गरिनेछ । खेलकुद कार्यक्रमलाई निरन्तरता दिन मेयर कप, भलुवा गोल्डकप, मनमोहन गोल्डकप, राष्ट्रपति रनिङल शिल्ड, महिला भलिबल प्रतियोगिता , डोरितान प्रतियोगितिा जस्ता खेलकुदको लागि आवश्यक रकम
विनियोजन गरेको छ ।
आजको सूचना तथा प्रविधिको युगलाई मध्यनजर गर्दै दुहबी नगरपालिकालाई सूचना प्रविधि मैत्री बनाउन रु. ३०,००,००० रकम विनियोजन गरेको छ।
उज्यालो दुहबीको नारालाई सफल बनाउन हरित नगरिको रुपमा विकास गर्नवातावरण तथा उर्जाको क्षेत्रमा रु.३८,००,००० रकम विनियोजन गरेको छ।
लक्षित वर्ग, महिला, बालबालिका तथा जेष्ठ नागरिकको लागि चेतना अभिबृद्धि तथा सशक्तीकरण एवं महिलाहरुको स्वरोजगारमुलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरेको छ ।
न्यायिक समिति ब्यवस्थापन एवं सशक्तीकरणका लागि रु. १०,००,००० विनियोजन गरेको छ।
आर्थिक समृद्धिका लागि नगरको उद्यम विकास तर्फ थप उद्योगको स्थापनाका साथ साथै औद्योगिक
सुदृढिकरण गर्न उद्यम विकासमा रु.५८,००,००० रकम विनियोजन गरेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सुचिकृत बरोजगारहरुलाई १०० दिनको रोजगारी दिन रु. ६३,००,००० रकम विनियोजन गरेको छ। दुहबी नगरपालिकाले कर्मचारीहरुको मनोबल बढाई प्रोत्साहन गर्न आवश्यक रकम विनियोजन गरेको छ ।
समग्र चालु रु. ४५,८४,१०,४७६ र पूँजीगत रु.२२,१५,८२,५०० गरी जम्मा रु. ६७,९९,९२,९७६ खर्च हुने गरी विनियोजन गरेको छ।
विनियोजित रकम रु.६७,९९,९२,९७६ मध्ये वित्तिय समानीकरण–संघीय सरकार १५,९३,००००० सशर्त अनुदान–संघीय सरकार २२,८५,००००० सशर्त अनुदान–प्रदेश सरकार २५,९७,००० वित्तीय समानीकरण–प्रदेश सरकार ७७,६१,०००राजश्व बांडफांड आय–संघीय सरकार ९,२६,३०,९७६
राजश्व बांडफांड आय–प्रदेश सरकार ६६,००,००० घर जग्गा रजिष्ट्रेशन (मालपोत कार्यालय) ४,००,००,००० आन्तरिक स्रोत ६,००,००,००० समपुरक अनुदान ३,५०,००००० गरी जम्मा रु. ६३,२४,८८,९७६ हुने र नपुग हुने रकम मध्ये रु ३,००,००,००० टिडिएफ(आयोजनागत ऋण) बाट सोधभर्ना गरिनेछ भने बाकी रु. १,७६,०४,००० घाटा पुर्तिऋण लिई ब्यवस्थापन गरिने जनाइएको छ ।





