दुहबी / नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहले प्रदेश १ को राजधानी विराटनगरमा शक्ति प्रदर्शन गरेको छ।नेकपा १ नम्बर प्रदेश कमिटीको आयोजनामा शुक्रबार विरोध प्रदर्शन भएको हो।
भेलालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल गायतका नेताहरूले सम्बोधन गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भएको छ। प्रधानमन्त्री ओलीको कदमलाई प्रचण्ड–माधव समूहले असंवैधानिक भन्दै त्यसको विरोधमा आन्दोलन गर्दै आइरहेको छ।