• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
सबै नतिजा हेर्नुहाेस्
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
सबै नतिजा हेर्नुहाेस्
Kochilakhabar

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको प्रधानमन्त्री ओलीको सन्देश

काेचिला खबर by काेचिला खबर
पुस २८, २०७७
in मुख्य
45
SHARES
204
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि रहेको स्पष्ट सन्देश भारतलाई छाडेका छन् ।

भारतले आफ्नो दाबी गरिरहेका यी भूमि नेपालकै भएको सन्देश उनले दिएका हुन् । नेपाली भूमिमा भारतले कुनै पनि हालतमा दाबी गर्ननसक्ने उनको तर्क छ । भारतीय टेलिभिजन च्यानल जीन्यूजलाई सोमबार दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले नेपालले आफ्नै भूमि समेटेर नयाँ नक्सा बनाएको र यसबारे वार्ताबाट समस्या समाधान गर्न आफूहरु तयार रहेको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीकै पहल र सक्रियतामा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा जारी भएपछि भारतसँग नेपालको सम्बन्ध चिसिएको थियो । नक्सा जारी भइसकेपछि पनि नेपालले आफ्नो भूभाग फिर्ता ल्याउन नसकेको भनेर आलोचना भइरहेका बेला प्रधानमन्त्रीले भारतीय टेलिभिजन च्यानललाई अन्तरवार्ता दिँदै यी भूमिमा भारतले दाबी गर्न नमिल्ने बताएका हुन् ।

नेपालमा नयाँ संविधान जारी भएपछि भारतले लगाएको नाका बन्दीको पनि खुलेर सामना गर्न ओलीले नेपाली जनतालाई आह्वान गरेका थिए । त्यतिबेला ओलीको कदमको नेपालभर प्रशंसा भएको थियो । उनकै प्रशंसनीय कदमपछि नेपालले आफू भारतसँग मात्रै आश्रित छैन भन्ने सन्देश पनि छाड्न सफल भएको थियो । पछिल्लो समय उनी नै प्रधानमन्त्री भएका बेला नेपालले नयाँ नक्सा जारी गरेपछि भारत असन्तुष्ट बनेको थियो ।

प्रधानमन्त्री ओलीले भूगोल र जनसंख्याको आधारमा नेपालभन्दा भारत ठूलो भए पनि दुवै देशको सार्वभौमिकता बराबर रहेको प्रष्ट पारे । उनले दुवै देश सार्वभौम रहेको र दुई सार्वभौम देशका प्रधानमन्त्रीको हैसियतमा सानो र ठूलो देशको नभएर समान हैसियतको भएको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले नेपालले भारत र चीनलाई फरक ढङ्गले व्यवहार नगर्ने पनि बताए । दुवै देशलाई पञ्चशीलको सिद्धान्तका आधारमा असंलग्न नीति अङ्गीकार गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो । उनले भारत र चीनबीचको विवादित क्षेत्र गलवानका बारेमा नेपाललाई कुनै लेनादेना नभएको बताए ।

दुई देशबीचको विवादमा नेपाललाई कसैको पक्ष या विपक्षमा लाग्नु जरुरी नभएको प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री ओलीले भारत र चीनबीचको सीमा विवाद समाधानका लागि आफूले मध्यस्थता गर्न सक्ने दाबी पनि प्रस्तुत गरेका छन् ।

भारत र चीनबीच समस्यारहित सम्बन्ध होस् भन्ने नै नेपालको चाहना रहेको प्रधानमन्त्रीले प्रष्ट पारे । अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले वैशाखमा नेपालमा चुनाव हुने र त्यसपछि पनि आफू नै सत्तामा आउने दाबी गरेका छन् । प्रतिनिधिसभा विघटन गरेपछि ओलोचित बनेका ओलीले निर्वाचनमा आफ्नो पार्टीले अत्याधिक बहुमत ल्याउने दाबी गरे ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

सम्बन्धित- खबरहरू

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फाल्गुन १७, २०७७
दुहबीको दुई घरमा दिउँसै चोरि स्थानीय भन्छन प्रहरी सुरक्षा कमजोर भयो ।

दुहबीको काली मन्दिरमा चोरी,चोरले २ बर्षको दानपेटि फुटायो

फाल्गुन १७, २०७७
दुहबीको एक सामुदायिक बिधालयका प्रअले ९ लाख ९५ हजार आर्थिक हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी

दुहबीको एक सामुदायिक बिधालयका प्रअले ९ लाख ९५ हजार आर्थिक हिनामिना गरेको भन्दै अख्तियारमा पर्यो उजुरी

फाल्गुन १७, २०७७
दुहबीको एक सामुदायिक बिधालयका प्रअले ९ लाख ९५ हजार आर्थिक हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी

दुहबीको एक सामुदायिक बिधालयका प्रअले ९ लाख ९५ हजार आर्थिक हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी

फाल्गुन १७, २०७७
नक्कली प्रेस कार्ड बनाएको आरोपमा ३ जना पक्राउ

बन्द गरिएको फार्मेसीको मुद्दा मिलाइदिने भन्दै औषधि विभागका अधिकृत घुससहित पक्राउ

फाल्गुन १४, २०७७
पूर्वी पहाडी जिल्लामा भारी हिमपात हुँदा जनजीवन प्रभावित

पूर्वी पहाडी जिल्लामा भारी हिमपात हुँदा जनजीवन प्रभावित

फाल्गुन ७, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामीसँग फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीको इपी ल्याण्ड एण्ड वाटरपार्क : सर्वसाधारणले तिर्नैनसक्ने शुल्क

इटहरीको इपी ल्याण्ड एण्ड वाटरपार्क : सर्वसाधारणले तिर्नैनसक्ने शुल्क

फाल्गुन १८, २०७७
दुहबीको एक अधारभुत बिद्यालयमा प्रधानअध्ययापकको अनियमितता

दुहबीको एक अधारभुत बिद्यालयमा प्रधानअध्ययापकको अनियमितता

फाल्गुन १८, २०७७
बराहक्षेत्रमा प्रथम वडास्तरीय मेयर कप भलिबल प्रतियोगिता फाल्गुन २० बाट हुने

बराहक्षेत्रमा प्रथम वडास्तरीय मेयर कप भलिबल प्रतियोगिता फाल्गुन २० बाट हुने

फाल्गुन १८, २०७७
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फाल्गुन १७, २०७७
दुहबीको दुई घरमा दिउँसै चोरि स्थानीय भन्छन प्रहरी सुरक्षा कमजोर भयो ।

दुहबीको काली मन्दिरमा चोरी,चोरले २ बर्षको दानपेटि फुटायो

फाल्गुन १७, २०७७

सबैभन्दा बढी पढिएकाे

  • दुहबीमा ५ दिन देखि बेपत्ता भएका यूवकको शव फेला, हत्यारा पक्राउ

    दुहबीमा ५ दिन देखि बेपत्ता भएका यूवकको शव फेला, हत्यारा पक्राउ

    1046 shares
    Share 418 Tweet 262
  • आज देखि २ हप्ताकालागि दुहबी लकडाउन, दुहबीनगरपालिकाको कार्यालय एक हप्ताका लागि सिल

    780 shares
    Share 249 Tweet 156
  • दुहवी नगरपालिकाका कर्मचारी सहित ४ जनामा कोरोना संक्रमण

    433 shares
    Share 173 Tweet 108
  • कोशी अस्पतालले भर्ना गर्न अस्वीकार गर्दा दुहबीकि एक गर्भवती महिलाको ज्यान गयो

    366 shares
    Share 146 Tweet 92
  • दुहबी बजारको संरचना हटाउन १५ दिने सूचना जारी नहटाईए बल प्रयोग गर्ने

    354 shares
    Share 142 Tweet 89

काेचिला खबर दैनिक पत्रिकाकाे सह-प्रकाशन

Kochilakhabar

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

Follow Us

हाम्रो टिम

अध्यक्ष : संतोष कुमार सिंह
कार्यकारी / समाचार सम्पादक : प्रेम गिरी
सम्पादक : नवरत्न झा
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि
प्रबन्ध निर्देशक : तिलोचन्द्र गच्छदार
व्यवस्थापक : प्रमेस चौधरी

No Result
सबै नतिजा हेर्नुहाेस्

ताजा समाचार

इटहरीको इपी ल्याण्ड एण्ड वाटरपार्क : सर्वसाधारणले तिर्नैनसक्ने शुल्क

इटहरीको इपी ल्याण्ड एण्ड वाटरपार्क : सर्वसाधारणले तिर्नैनसक्ने शुल्क

फाल्गुन १८, २०७७
दुहबीको एक अधारभुत बिद्यालयमा प्रधानअध्ययापकको अनियमितता

दुहबीको एक अधारभुत बिद्यालयमा प्रधानअध्ययापकको अनियमितता

फाल्गुन १८, २०७७

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
सबै नतिजा हेर्नुहाेस्
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

error: Content is protected !!