• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

६ लेन सडक : दुहबी देखि तरहरा सम्मको सडकमा पर्ने ५ सय बढि घर भत्किने

काेचिला खबर by काेचिला खबर
12/11/2020
in मुख्य
198
SHARES
902
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । लामो समयदेखि विवाद झेल्दै आएको त्रिदेशीय सडक रानी विराटनगर धरान किमाथाङ्का जोड्ने सडकले अब भने तीव्रता पाउने भएको छ । विराटनगरको रानी देखि धरान सम्मको सडकमा घरजग्गा मुआब्जाको विषयले उत्पन्न विवाद समाधान भए सगैं सडक निर्माणले तीव्रता पाउने भएको हो ।

सडक निर्माण कार्य तराईका मुख्य बजारमा रहेका घर संरचनाको लगत कट्टा गरी हटाउने तयारी भइरहेको आयोजना प्रमुख बद्री प्रसाद शर्माले जानकारी दिए । उक्त कार्य करिब माघ महिना भित्रमा सम्पन्न भई सक्ने छ ।

सडक विस्तारका लागि मोरङ जिल्लामा लगत सङ्कलन गरी ठेक्का पट्टाको समेत भइसकेको छ । सुनसरीको दुहबी बुढी खोला देखि तरहरा सम्म करिब ५५० वटा घर संरचना हटाउन बाँकी रहेको आयोजना प्रमुख शर्माले बताए ।घरहरूको लगत सङ्कलन गर्ने कार्य केही ठाउँको सम्पन्न भइसकेको छ भने केही ठाउँमा लिने कार्य भइरहेको छ । उक्त कार्य पौषको पहिलो हप्ताबाट सुरु गरिने छ । दुहबी बजारमा २३३ घर भत्किने छन् । टेङ्ग्रा पुल छेउ ४७ घर, इटहरी चौक देखि दक्षिण विराटनगर लाइर्नमा ३५ वटा र इटहरी चौक उत्तर तरहरा सम्मको बाटोमा ११९ ओटा घर भत्किने छन् ।

दुहबी बजारमा ६३० मिटर लम्बाइमा सडकको अधिकार क्षेत्रमा १६.४६ मिटर रहेको छ । जग्गाको मुआब्जा दिन नसकिने तर घरहरूको क्षतिपूर्ति दिई सडक विस्तार गर्न सहजीकरण गर्न सम्बन्धितलाई अनुरोध गरिसकेको समेत आयोजनाको भनाई छ । त्यसका लागि लगत उतार्न नापी कार्यालय सुनसरी र दुहबी नगरपालिकालाई पत्राचार समेत गरिसकिएको छ ।

इटहरी देखि उत्तर बजार क्षेत्रको सडकको बीचभागबाट २५–२५ मिटर दायाँबायाँ हुने गरी सडक निर्माण लागेकोमा ४० मिटरको मात्रै सडक बनेको छ । बाँकी ५– ५ मिटर फुटपाथ बन्नुपर्नेमा बजार भागमा घर परेको हुनाले लगत कट्टा भएसगैं सो कामले गति पाउने छ ।

आर्थिक वर्ष २०६९/७० देखि सुरु भएको रानी विराटनगर इटहरी धरान ६ लेन सडक खण्डको काम ७ वर्षमा ६५ प्रतिशत सम्पन्न भएको छ । १० वर्षमा सम्पन्न गरिसक्नु पर्ने ४२ किलोमिटर सडक विस्तारका लागि १७ ओटा ठेकेदार कम्पनी कामको सम्झौता गरिएको छ ।

आयोजनाले पहिलो पटक २०७० असार २७ गते विराटनगरको बरगाछी देखि एयरपोर्ट सम्मको डेढ किलोमिटर सडक निर्माणका लागि कन्चनजंगा गीताञ्जली जेभीसगँ २०७७ साउन २४ गते सम्ममा काम सक्नु पर्ने भनी सम्झौता भएको थियो ।

उक्त अवधि सम्ममा ९० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । समयमा कार्य सम्पन्न नगरेको भन्दै आयोजनाले उक्त कम्पनीलाई १० प्रतिशत क्षतिपूर्ति असुल गर्ने निर्णय समेत गरिसकेको छ । एयरपोर्ट गेट – डिडिसी सम्मको सडक निर्माणको जिम्मा पाएको ढुकुचु कान्छाराम हिमदुङ जेभिसगँ २०७० असार २७ गते नै २०७७ पौष २४ गते सम्ममा काम सक्ने गरि सम्झौता भएको थियो ।

उक्त अवधी भित्र ९१ प्रतिशत मात्रै सकेपछि सो कम्पनीबाट पनि कारबाही बापत १० प्रतिशत क्षतिपूर्ति असुल गरिसकेको आयोजनाले जनाएको छ ।धेरै ठेकेदार कम्पनीले लगातार काम गरिरहेको बताउँदै आयोजना प्रमुख शर्माले तरहरादेखि धरानसम्मको ९.६ किलोमिटर चारकोशे जंगलक्षेत्रमा समेत रुख कटान सम्पन्न भइसकेको बताए ।

उक्त सडक भने ४ लेनको हुनेछ । २०७७ असार ५ गते रतहा कन्स्ट्रक्सन कम्पनी सँग सम्झौता भएको हो भने २०८० असार ४ गते सम्म काम सम्पन्न भई सक्नु पर्ने छ । ६ लेन सडक आयोजनाको कुल लागत १० अर्बको रहेको छ । सन्चार पाटि बाट साभार

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

10/08/2025
नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

09/22/2025
जेनजी आन्दोलनका क्रममा लुटिएका सामग्री खरिदबिक्री गर्नेलाई कारबाही हुने

जेनजी आन्दोलनका क्रममा लुटिएका सामग्री खरिदबिक्री गर्नेलाई कारबाही हुने

09/14/2025
जेनजीले ८ सेप्टेम्बर माइतीघर मण्डला र संसद् भवन अगाडि भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने घोषणा

जेनजीले ८ सेप्टेम्बर माइतीघर मण्डला र संसद् भवन अगाडि भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने घोषणा

09/07/2025
वडाध्यक्षकै दोहोरो नागरिकता, छानबिन गर्दै प्रशासन ।

वडाध्यक्षकै दोहोरो नागरिकता, छानबिन गर्दै प्रशासन ।

08/11/2025
सामाजिक सञ्जाल भोलिदेखि निष्क्रिय गर्ने सरकारको तयारी

सामाजिक सञ्जाल भोलिदेखि निष्क्रिय गर्ने सरकारको तयारी

09/03/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist