• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

छुट्टै विश्वविद्यालय स्थापना गर्न सुुझाव

SuperadminKK by SuperadminKK
06/29/2020
in पत्रपत्रिका, मुख्य
117
SHARES
533
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कानुन सङ्कायको तीनवर्षे स्नातक तह (एलएलबी) कार्यक्रमलाई निजी कलेजबाट पनि पढाउने व्यवस्था गर्न सुझाइएको छ ।

‘कानुनी शिक्षाको सुधार पुनरवलोकन र परिमार्जनका लागि गठित सुझाव समिति’ले आइतबार त्रिभुवन विश्वविद्यालयलाई यस्तो प्रतिवेदन बुझाएको हो ।

समितिका संयोजक प्रा। पूर्णमान शाक्यले विश्वविद्यालयका उपकुलपति प्रा।डा। धर्मकान्त बाँस्कोटालाई प्रतिवेदन हस्तान्तरण गर्दै कानुनी शिक्षामा सार्वजनिक–निजी साझेदारीको आवश्यकता औँल्याए ।

प्रवेश परीक्षा फाराम भर्ने मध्ये ७५ प्रतिशत हाजिर हुन नआउनेलाई परीक्षामा सहभागी हुन नदिने व्यवस्था गर्न पनि समितिले विश्वविद्यालयलाई सुझाव दिएको छ ।

एलएलबीमा भर्ना पाउन स्नातक तहमा कम्तीमा ४५ प्रतिशत अङ्क अनिवार्य गरिएको छ । एलएलबी भर्नामा प्रवेश परीक्षालाई अनिवार्य गर्न तथा तीनवर्षे स्नातक तहलाई सेमेस्टर प्रणालीमा सञ्चालन गर्न समितिले सुझाव दिएको छ ।

यस्तै दस जोड दुईमा कानुन विषय लिई उत्तीर्ण गरिसकेकाको हकमा कानुन स्नातकको नयाँ कार्यक्रम सञ्चालन नगर्न सुझाव दिइएको छ । यस्ता विद्यार्थीलाई बीए-एलएलबी कार्यक्रममै सहभागी गराउन सकिने सुझाव छ । चिकित्साशास्त्र तथा इन्जिनियरिङमा जस्तै कानुन अध्ययनलाई प्राथमिकतामा राख्न र स्रोतसाधन व्यवस्था गर्न समितिले सरकारलाई सुझाव दिएको छ । समितिले एलएलबी र बीए–एलएलबी दुवैमा संविधानले प्रत्याभूत गरेको क्षेत्रका लागि कोटा निर्धारण गर्न सुझाव दिएको छ ।

हरेक प्रदेशमा त्रिभुुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस स्थापना गर्न पनि समितिको सुझाव छ । तर, हाल त्रिविबाट अनुमति प्राप्त बहुमुखी क्याम्पसमा कानुन अध्ययनको कार्य बन्द गर्न समितिको सुझाव छ । कानुन अध्ययनका लागि छुट्टै विश्वविद्यालय स्थापना गर्न समेत समितिले सुझाव दिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Tags: त्रिभुवन विश्वविद्यालयपत्रपत्रिका
ADVERTISEMENT
SuperadminKK

SuperadminKK

Related Posts

मन्त्री बन्नुभन्दा दुई दिन अगाडि गुरुङले किनेका थिए भेडेटारमा २० रोपनी जग्गा

मन्त्री बन्नुभन्दा दुई दिन अगाडि गुरुङले किनेका थिए भेडेटारमा २० रोपनी जग्गा

04/22/2026
दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

04/15/2026
ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

04/08/2026
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

04/07/2026
विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

04/07/2026
सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

04/05/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist