मिलन बुढाथाेकी / विराटनगर
प्रदेश १ सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले गोल्डेन अस्पतालमा बन्धक भएका सप्तरीका सदा दम्पतीलाई तुरन्त घर पुर्याउन निर्देशन दिएका छन्।
आयोमेलले सदा दम्पती अस्पतालमा बन्धक भएको समाचार निरन्तर प्रकाशित गर्दै आएको थियो।
आन्तरिक मामला एवंम कानून मन्त्री समेत रहेका कार्कीले सन्चार माध्यमबाट प्रदेश १ को राजधानीसमेत रहेको विराटनगरकै गोल्डेन अस्पतालमा उपचार खर्च नहुँदा बन्धक बनेको खबर थाहा पाएपछि अस्पताल सन्चालकलाई फोन गरेर तुरुन्त एम्बुलेन्समा राखेर सकुशल घर पुर्याउन भनेका हुन्।
मन्त्री कार्कीले टेलिफोनमा भने ‘विपन्न दलित दम्पतीको अवस्था थाहा पाएपछि तुरुन्त फोन गरेर घर पुर्याइदिन भनेको छु।’
कार्कीले मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई फोन गरेर समेत सदा दम्पतीको रिहाका लागि समन्व गर्न भनेका छन् भने अस्पताल सन्चालकलाई विरामीको उपचार खर्चको बारे प्रदेश सरकार जमानी बस्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अस्पताल प्रशासनका अनुसार उनीहरुलाई केही बेरमा घर पुयाइँदैछन ।
गत साउन पहिलो साता छिमेकीको कुटाइबाट घाइते भएर विराटनगर गोल्डेन अस्पताल ल्याइएका सदा दम्पती निको भएर पनि अस्पतालको खर्च तिर्न नसक्दा अस्पतालले जान दिएको थिएन।
उनीहरुको उपचार खर्च ५५ हजार भएपनि अहिले बढेर १ लाख ९० हजार पुुगेको अस्पतालले जानकारी दिएको छ





