दुहबी / प्रदेश १ मा सोमबार ८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५५, सुनसरीमा २४, झापामा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको कटहरीमा २ महिला र १३ पुरुष, विराटनगरमा १ महिला र १३ पुरुष, बुढीगंगामा ५ महिला र ८ पुरुष, ग्रामथानमा २ महिला र ५ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदामा १ पुरुष र स्थानीय तह नखुलका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ
मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा १ महिला र १३ पुरुष, धरानमा २ महिला र २ पुरुष, इटहरीमा २, भोक्राहानरसिंहमा २, दुहवीमा १ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको जनाइएको छ ।
उता झापाको कमलगाउँपालिकामा १ महिला र १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष र प्रदेश १ बाहिरका ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ८ सय २९ पुगेको छ ।
प्रदेश १ मा सोमबार १५ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ८ जना र न्युरो अस्पताल विराटनगरबाट ७ जना डिस्चार्ज भएका हुन् ।
प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ७८ पुगेको छ । प्रदेश १ मा सोमबार १ हजार ४ सय ८३ जनाको पीसीआर परीक्षण भएको छ ।
परीक्षण भएका मध्ये १५ महिला र ७२ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । त्यसैगरी हालसम्म १ लाख ९ हजार १६ जनाको पीसीआर परीक्षण भएको पनि जनाइएको छ ।