• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सुनसरी-मोरङ करिडरका उद्योग : न चलाउन सकिन्छ, न त बन्द गर्न !

काेचिला खबर by काेचिला खबर
09/10/2020
in मुख्य
154
SHARES
699
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर : सुनसरी–मोरङ औद्योगिक करिडरमा प्रदेश १ कै सबैभन्दा ठूलो औद्योगिक ग्राम छ। यस क्षेत्रमा एकीकृत रुपमा साना–ठूला करिब ५ सयभन्दा बढी उद्योग खोलिएका छन्। 

कोरोना कहरबीच लकडाउनका बेला डेढ महिनासम्म यस क्षेत्रका उद्योग पूर्ण रुपमा बन्द भएका थिए। लकडाउन खुकुलो भएपछि यतिखेर उद्योगहरु फाट्टफुट्ट पुन:सञ्‍चालन हुन थालेका छन्‌। तर, सहजै सञ्‍चालन भइरहेका छैनन्‌। 

कोरोना संक्रमण बढ्दै गएपछि सरकारले लकडाउनको स्वरुप बदलेर जिल्ला-जिल्लामा निषेधाज्ञा लागु गरिएको छ। यहाँका उद्योगहरू पनि त्यसकै मारमा परेका छन् । 

आवश्यक कच्चापदार्थ अभाव भएको छ। कच्चापदार्थ नै नपाएपछि पूर्ण क्षमतामा उद्योग चलाउन नसकिरहेको उद्योगीहरू बताउँछन्‌। पूर्ण क्षमतामा चलाउने लक्ष्यसाथ उद्योग खोलिएपनि यसो गर्न सकिएको छैन।

साढे ६ सयमध्ये करिब १ सय मात्र सञ्चालनमा

औद्योगिक क्षेत्रमा रहेका करिब साढे ६ सय उद्योगमध्ये १ सय उद्योगमात्रै अहिले आंशिक सञ्‍चालन गरिएको छ। तर, ती उद्योग पनि कच्चा पदार्थ, मजदुर र बजार अभावमा बन्द गर्नुपर्ने अवस्था आएको सञ्चालकहरूले गुनासो गर्न थालिसकेका छन्। 

यस औद्योगिक करिडोर क्षेत्रमा निर्यातमुखी ठूला उद्योगको संख्या ६० भन्दा बढी छ। उद्योग विभागको तथ्यांकअनुसार यस करिडरमा अहिले ६ सय ६५ उद्योग दर्ता छन्। जसमध्ये ठूला र मझौला गरी १ सय ५० छन्। विभागका अनुसार यी सबै उद्योगमा करिब पाँच अर्ब रुपैयाँ लगानी भएको छ। 

साविक समयमा जुट, चाउचाउ, बिस्कुट, तेल, मैदा, रिफाइनरी तेल, छाला, जुत्ता, चप्पल, धागो, साबुन, वायर, रड, स्टील, कर्कट पाता, प्लाष्टिकका सामान, सिमेन्ट, दाना, बिजुलीको तार, जीआइ पाइप, चामललगायत उत्पादन हुने गरेका यहाँका उद्योगमा ४५ हजारभन्दा बढी श्रमिक कार्यरत छन्। 

कठिन अवस्थामा खुल्यो, तर चलाउनै मुस्किल

करिडरमा हाल जुट, धागो, चाउचाउ, तेल, चामल, दूध, साबुन, कुकिज, दाना उत्पादनलगायत उद्योग सञ्चालन भइरहेको छ। स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न नसक्दा यहाँका धेरैजसो उद्योग बन्द अवस्थामै छन्। कतिपयले भने मजदुर व्यवस्थापन नै गर्न सकेका छैनन्‌। 

पहिलो पटकको लकडाउनपछि सञ्चालनमा ल्याइएका उद्योगले पूर्ण रुपमा सुरक्षा सावधानी अपनाएको अरिहन्त मल्टिफाइबर्सका प्रशासकीय अधिकृत रमेश सुब्बाले जानकारी दिए।

‘अहिलेको अवस्थामा पूर्णरुपमा उद्योग सञ्चालन गर्न सम्भव छैन,’ सुब्बाले भने, ‘पूर्ण सावधानी अपनाएर आंशिक रुपमा उद्योग सञ्चालनमा ल्याएका छौं, तर कच्चा पदार्थ नहुँदा चुनौती छ,’ उनले थपे, ‘न उद्योग सञ्चालनलाई निरन्तरता दिन सकेका छौं, न त बन्द नै गर्न!’ लकडाउनपछि उद्योग खोल्न जति उत्साहित भए पनि कच्चा पदार्थ र कामदार व्यवस्थापन नहुँदा वस्तुको बजारीकरणमा समस्या आएको उनले बताए।

सुनसरीको खनारमा रहेको रिलायन्स स्पिनिङ मिल्सका सहायक व्यवस्थापक महेशप्रसाद पोखरेलले मौज्दात कच्चापदार्थ प्रयोग गरी उद्योगमा उत्पादन थालिएको जानकारी दिए। एक सातादेखि सञ्चालनमा रहेका उद्योगमा कार्यरत कर्मचारीलाई उद्योग परिसरमै राख्ने व्यवस्था मिलाएको उनले जानकारी दिए।

उद्योगमा अहिले १ सय बढी मजदुर कार्यरत छन्। यी दुबै ठुला उद्योग सामान्य अबस्थामा तिन सिफ्टमा चल्दै आएका थिए। तर अहिले ६६ प्रतिशत उत्पादन कटोती गरिएको छ। मजदुर पनि कटौती गरी एक सिफ्टमा मात्रै उद्योग सञ्चालन गरिएको छ।

दोधारमा उद्योगी : न चलाउन सक्छन्, बन्द गर्न

लकडाउन खुकुलो पारिएपनि सरकारले वर्गीकरण गरी सेवा सञ्चालन गर्न निर्देशन दिएपछि करिडोर क्षेत्रका उद्योगी दोधारमा परेका छन्। सरकारको उद्योग खोल्न मिल्ने प्रष्ट निर्देशिका नबनाइदिँदा​ उद्योग संचालनमा  कसरी निरन्तरता दिने भन्नेमा उद्योगीहरू अलमलिएका छन्। 

उद्योग संगठन मोरङका अध्यक्ष एव भीम घिमिरेले उद्योग सञ्चालन गर्न आन्तरिक तथा बाह्य धेरै कुराहरू हल गर्नुपर्ने भएपनि तयारीबिनै उद्योग सञ्चालन गर्दा धेरै समस्या भोगेको बताए।

बजार नखुलेपछि उद्योगले सामान उत्पादन मात्र गरे अर्थहीन हुने घिमिरे बताउँछन्। उद्योग सञ्चालन गर्न आवश्यक रहेपनि त्यसका लागि कर्मचारी तथा कामदारलाई सुरक्षित सहज ढंगले चलायमान कसरी बनाउने भन्ने योजना नबनेको उनी बताउँछन्।

कोरोना कहरले अहिले पनि सबै क्षेत्र अवरोधको स्थिति रहेकाले करिडोर क्षेत्रका उद्योगहरु चले पनि अवस्था सहज नरहेको उनी बताउँछन्। अहिले ठुला उद्योगले ६६ प्रतिशत साना तथा मझौला आकारका उद्योगले ४० प्रतिशत उत्पादन र मजदुर कटौती गरेका छन्‌। सीमित उत्पादन गर्न सीमित समयसम्मका लागि मात्रै उद्योग चलेको उनले बताए।

त्यसैगरी रिजालको पोलिटेक इण्डष्ट्रिज प्रालिका सञ्चालक नवीन रिजालले सरकारको निर्णयले केही उद्योग सञ्चालनमा आएपनि अझै अनूकुल वातावरण बनिनसकेको बताए। 

‘सरकारले उद्योग सञ्चालन गर्ने मात्र भन्यो, त्यसका लागि आवश्यक गृहकार्य नगरेको जस्तो देखिन्छ। उद्योग सञ्चालनमा आएका छन्, तर ती उद्योगका लागि आवश्यक कच्चा पदार्थको जोहोसँगै उत्पादित सामानलाई कसरी बजारमा पुर्‍याउने भन्ने चुनौती छ। त्यसको तयारी देखिँदैन,’ रिजाल थप्छन्, ‘यस्तो अवस्थामा पनि आंशिक रुपमै भएपनि उद्योग खोलेका छौं, तर आर्थिक भार मात्रै व्यहोर्नुपरेको छ।’ 

कच्चा पदार्थदेखि र बजारीकरणसम्म समस्या

आंशिक रुपमा सञ्चालनमा आएका उद्योगमा कच्चा पदार्थ अभाव हुन थालेको छ। धेरै उद्योगीले तेस्रो मुलुकबाट आयात गरेका कच्चा पदार्थ कोलकातास्थित बन्दरगाहमै रोकिएका छन्। रोकिएका माल वस्तु क्रमशः ल्याउने र आयात प्रक्रियासमेत बढाउने योजनाअनुरूप उद्योग सञ्चालनमा ल्याएपनि जेनतेन मात्र उद्योग चलाउन सकिएको मोरङ व्यापार संघका अध्यक्ष एवं उद्योगी प्रकाश मुन्दडा बताउँछन्। 

कुनैपनि उद्योग अहिलेको अवस्थामा पूर्ण क्षमतामा फर्कन नसकेकाले सञ्चालनमा आएका पनि आंशिकरुपमा मात्र चलेको उनले बताए। ‘यस करिडरमा जे-जति उद्योग सञ्चालनमा छन्‌, ती पूर्ण क्षमतामा चलेका होइनन्,’ मुन्दडाले भने, ‘अहिलेको अवस्थामा उत्पादन कटौती गरेर छु ।थाहा खबर बाट साभार

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

मन्त्री बन्नुभन्दा दुई दिन अगाडि गुरुङले किनेका थिए भेडेटारमा २० रोपनी जग्गा

मन्त्री बन्नुभन्दा दुई दिन अगाडि गुरुङले किनेका थिए भेडेटारमा २० रोपनी जग्गा

04/22/2026
दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

04/15/2026
ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

04/08/2026
विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

04/07/2026
सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

04/05/2026
मिडियाको घाँटी निमोठ्ने सरकारी निर्णयले प्रेस स्वतन्त्रता संकटमा

मिडियाको घाँटी निमोठ्ने सरकारी निर्णयले प्रेस स्वतन्त्रता संकटमा

04/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist