• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

बिराटनगरका व्यापारीसँग रकम असुल्ने गिरोह हतियारसहित पक्राउ

काेचिला खबर by काेचिला खबर
09/02/2020
in मुख्य
95
SHARES
431
VIEWS
Share on FacebookShare on Twitter

 

दुहबी / प्रदेश १ को राजधानी विराटनगरका व्यवसायीलाई धम्क्याउँदै रकम असुल्ने गिरोहमा आवद्ध रहेकालाई हतियारसहित मोरङ प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार पक्राउ पर्नेमा एक भारतीय नागरिकसहित पाँच जना रहेका छन् । भारत बिहार सितामडी घर भई विराटनगर महानगरपालिका–८ मा डेरा बस्दै आएका २७ वर्षीय राजु साह, मोरङको कटहरी गाउँपालिका–२ आदर्श नगरका २६ वर्षीय किसन साह, २८ वर्षीय एलेक्स भनिने रविन शर्मा, २७ वर्षीय अभिषेक राय र सप्तरीको बोदेवसाइन नगरपालिका–८ घर भई विराटनगर–३ मा डेरा बस्ने २७ वर्षीय नन्दु भनिने नन्दकिशोर साह पक्राउ परेका हुन् ।

विराटनगरको जलजला चौकस्थित चाइना बजारमा कपडा बेच्ने काम गर्दै आएका भारतीय नागरिक राजुलाई विराटनगर–८ कै रेन्बो गल्लीबाट पक्राउ गरिएको हो ।

त्यस्तै किसनलाई विराटनगर–८ देवकोटा चौक, रविनलाई आफै घर, नन्दकिशोर र अभिषेकलाई कञ्चनबारीस्थित नन्दकिशोरको डेराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले संगठित रुपमा अपराधिक समूह स्थापना गरेर हतियार देखाउँदै व्यापारीसँग पैसा असुल्ने गरेको पाइएपछि पाँचै जनालाई पक्राउ गरिएको जानकारी दिए ।

पैसा नदिए ज्यान मार्नेसम्मको धम्की पनि दिइरहेको पाइयो,’ उनले भने, ‘लुटपाट र चोरी पनि बढेको पाइएपछि विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।’ एसपी खड्काले गिरोहका मुख्य नाइके अभिषेक रहेको र हतियार देखाउँदै त्रसित बनाएर व्यापारीसँग रकम असुल्ने धन्दा उनकै योजनामा चलाइएको बताए ।

प्रहरीले एलेक्स भनिने रविनको घरबाट एउटा पेस्तोल र तीन राउण्ड गोली पनि बरामद गरेको छ । प्रहरीले धम्की खेपेका र गिरोहलाई रकम बुझाउन बाध्य भएका व्यापारीको पहिचान भने गोप्य राखेको छ ।

पक्राउ पर्नेमध्ये नन्दकिशोरको डेराबाट भारतीय र नेपाली रुपैयाँ गरेर ९७ हजार एक सय २० रुपैयाँ प्रहरीले बरामद गरेको छ जसमा ४९ हजार चार सय ५० भारतीय रुपैयाँ रहेको एसपी खड्काले बताए ।

प्रहरीले विभिन्न कम्पनीका १६ थान मोबाइल, कोटाक महिन्द्र नामको भारतीय बैंकको चेक, रकम असुल्न प्रयोग गरिने को ३२ प ७५२५, को १५ प २३१५ र को ३६ प २७६२ नम्बरको मोटरसाइकल र एउटा चक्कु नियन्त्रणमा लिएको छ ।

एसपी खड्काका अनुसार हतियार देखाएर धम्क्याउने समूहले गत असार २५ गते विराटनगरका एक जना व्यापारीसँग १० लाख रुपैयाँ मागेको खुलेको छ ।

त्यसपछि पनि पटक–पटक धम्क्याउँदै फेरि १० लाख मागेको पाइएको उनको भनाइ छ । मागेकोमध्ये पाँच लाख रुपैयाँ असार २६ गते व्यापारीले उक्त गिरोहलाई बुझाइसकेको खुलेको प्रहरीले जनाएको छ ।

त्यस्तै साउन १३ गते अर्का पनि व्यापारीलाई फोन गरेर १० लाख रुपैयाँ मागेको खुलेको एसपी खड्काले बताए । उक्त गिरोहले दुवै जना व्यापारीलाई धम्क्याउन र पैसा असुल्नका लागि ९८४०४१८२३० नम्बरको एउटै सिम प्रयोग गरेको पाइएको एसपी खड्काले बताए ।

त्यस्तै भदौ १५ गते चाइना बजारका सञ्चालक रामनरेश साहको घरबाट ११ लाख रुपैयाँ चोरी भएको थियो । उक्त चोरीको घटनामा पनि पक्राउ परेका पाँचै जनाको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

धम्क्याउँदै असुलेको र चोरी गरेकोमध्ये केही रकम उनीहरुले बैंकमासमेत राखेको पाइएपछि त्यस सम्बन्धमा पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

व्यापारीलाई त्रसित बनाएर असुल्ने धन्दामा चलाइरहेको यो गिरोह एक वर्षदेखि सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी खड्काले बताए

प्रहरीले पक्राउ परेका पाँच जना र उनीहरुबाट बरामद गरिएको हतियार, नगद लगायतका सामान बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको छ ।

उनीहरुविरुद्ध हातहतियार खरखजना, अपराधिक लाभ र चोरी तथा संगठित अपराधमा मुद्दा चलाउन बुधबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी एसपी खड्काले दिए । उनले यो गिरोहबाट अरु पनि कोही व्यापारी पीडित भएमा तत्काल प्रहरीमा जानकारी गराउन आग्रह गरे 

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

11/28/2025
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

11/23/2025
खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

10/08/2025
नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

09/22/2025
जेनजी आन्दोलनका क्रममा लुटिएका सामग्री खरिदबिक्री गर्नेलाई कारबाही हुने

जेनजी आन्दोलनका क्रममा लुटिएका सामग्री खरिदबिक्री गर्नेलाई कारबाही हुने

09/14/2025
जेनजीले ८ सेप्टेम्बर माइतीघर मण्डला र संसद् भवन अगाडि भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने घोषणा

जेनजीले ८ सेप्टेम्बर माइतीघर मण्डला र संसद् भवन अगाडि भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने घोषणा

09/07/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist