• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

प्रदेश १ सरकार विद्यालय सञ्चालनको तयारीमा

काेचिला खबर by काेचिला खबर
08/28/2020
in मुख्य
50
SHARES
227
VIEWS
Share on FacebookShare on Twitter

प्रदेश १ सरकारले कोरोनाका कारण लामो समयदेखि बन्द रहेका विद्यालयमा सिकाई सञ्चालनका लागि तयारी सुरु गरेको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण ५ महिनादेखि विद्यालय बन्द हुँदा सबै शैक्षित गतिविधी ठप्प छन् ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँग परामर्श गरेर विद्यालयमा सिकाई सञ्चालनको मार्गनिर्देशन तयार गर्न निर्देशन दिएका थिए । निर्देशन अनुसार मन्त्रालयको शैक्षिक महाशाखाले छलफल गरेर सुझाव लिएको छ ।

मन्त्रालयले विद्यालयमा सिकाई सञ्चालनका लागि संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने मन्त्री घिमिरेले बताए । उनले मन्त्रालयले प्राप्त गरेको सुझाव अनुसार चाँडै बैठक बसेर निस्कर्षमा पुगिने जानकारी दिए ।

सामाजिक विकास मन्त्रालयले स्थानीय तहका प्रमुख÷उपप्रमुख, शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख, शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन, अभिभावक संघसँग छलफल गरी संकलन गरिएको सुझाव शिक्षा मन्त्रालयमा पेस गरेको छ । मन्त्रालयले विद्यालयमा असोजदेखि सिकाई सञ्चालनको सुझाव दिएको छ ।

सिकाई सञ्चालन अघि भदौ भित्रमा विद्यार्थीको अभिलेखीकरण गरिसक्नुपर्ने, विद्यालयमा रहेका क्वारेन्टाइन, आइसोलेसन र होल्डिङ सेन्टर हटाउनुपर्ने सुझाव दिएको छ । कक्षा सञ्चालन पुर्व विद्यालयमा निर्मलिकरण गर्नुपर्ने र निषेधाज्ञा रहेकाले विद्यालयसम्म शिक्षकलाई पुग्न सहज वातावरण बनाईनुपर्नेमा सामाजिक विकास मन्त्रालयले जोड दिएको छ ।

सामाजिक विकास मन्त्रालयले विहान र दिउँसो दुई चरणमा विद्यालय सञ्चालन गर्नुपर्ने सुझाव पेस छ । उसले विद्यार्थीको रोल नम्बरका आधारमा जोर बिजोर कक्षा सञ्चालन गर्न सकिने सुझाव दिएको छ । स्थानीय तहमा प्रत्येक विद्यालयको शिक्षक सदस्य रहने गरी ‘कोभिड टाक्स टिम’ तयार गर्ने र टिमको सुझाव अनुसार विद्यालय सञ्चालन गर्न सकिने सुझाव दिइएको छ ।

सामाजिक विकास मन्त्रालयले कक्षा ११ को आन्तरिक मूल्याँकन गरेर १२ कक्षा अबिलम्व सञ्चालन गर्न सुझाव दिएको छ । मन्त्रालयले विभिन्न क्षेत्रका व्यक्तिसँग गरेको छलफलमा निर्मलिकरण गरेर छिटो भन्दा छिटो विद्यालय सञ्चालन गर्नुपर्ने, कम विद्यार्थी भएका विद्यालयबाट पठन पाठन सुरु गर्नुपर्नेमा जोड दिएको छ ।

प्रदेश १ का एक सय ३५ विद्यालय र छ वटा क्याम्पसमा अहिले पनि क्वारेन्टाइन रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दुईवटा विद्यालयमा होल्डिङ सेन्टर, तीन वटा विद्यालय र एउटा क्याम्पसमा आइसोलेसन केन्द्र सञ्चालनमा छन् ।

प्रदेश १ का सात हजार एक सय ३७ विद्यालयमा करिब १२ लाख ४० हजार विद्यार्थी अध्ययनरत रहेको मन्त्रालयले जनाएको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

भारत-पाकिस्तान द्वन्द्व : टीभी च्यानलको’आतंक’

भारत-पाकिस्तान द्वन्द्व : टीभी च्यानलको’आतंक’

05/10/2025
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायल द्वारा ७१ उपसचिवको सरुवा–पदस्थापन ( सुची सहित )

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायल द्वारा ७१ उपसचिवको सरुवा–पदस्थापन ( सुची सहित )

02/18/2025
महाकुम्भ स्नान गरेर फर्कंदै गर्दा गाडी दुर्घटनामा परी ५ नेपालीको मृत्यु, ४ जना गम्भीर घाइते ।

महाकुम्भ स्नान गरेर फर्कंदै गर्दा गाडी दुर्घटनामा परी ५ नेपालीको मृत्यु, ४ जना गम्भीर घाइते ।

02/01/2025
रास्वपाले भन्यो- सामाजिक सञ्जालसम्बन्धी विधेयकको नियत ठिक छैन, स्वीकार गर्दैनौं

रास्वपाले भन्यो- सामाजिक सञ्जालसम्बन्धी विधेयकको नियत ठिक छैन, स्वीकार गर्दैनौं

01/30/2025
सूचना दिन नमान्ने विश्वविद्यालय र कार्यालय विरुद्ध मुद्दा दायरको तयारी

सूचना दिन नमान्ने विश्वविद्यालय र कार्यालय विरुद्ध मुद्दा दायरको तयारी

01/05/2025
काठमाडौं आउजाउ गर्दा कोशीका मुख्यमन्त्रीको हवाई टिकटमा झण्डै ३५ लाख खर्च ।

काठमाडौं आउजाउ गर्दा कोशीका मुख्यमन्त्रीको हवाई टिकटमा झण्डै ३५ लाख खर्च ।

12/29/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist