सुनसरी १४ गते सम्म निषेधित क्षेत्र घाेषणा : दुहबी पनि बन्द रहने
दुहबी / सुनसरी जिल्लालाइ थप ७ दिन म्याद थप्दै आगामि भदौ १४ गते सम्म निषेधित क्षेत्र घोषणा गरिएको छ । सुनसरी जिल्ला प्रसाशन कार्यालयले बिहान बसेको बैठकले तेश्रो पटक ७ दिन म्याद थप्दै जिल्लालाइ पुनःनिषेधित क्षेत्र घोषणा गरेको हो ।
गत साउन २१ गते राती १२ बजे देखि घोषणा भएको निषेधित क्षेत्र तेश्रो पटक म्याद थप्दै आगामि भदौ १४ गते सम्म पुर्याइएको छ ।
कोरोना भाइरसको महामारी समुदाय स्तरमा फैलिएर संक्रममितको संख्या बढन थालेपछि थप सुरक्षा सतरकता अपनाउदै जिल्लालाइ आगामि भदौ १४ गते सम्म निषेधित क्षेत्र घोषणा गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोख्रेलले जानकारी दिएका छन ।
यता प्रसाशनले जिल्लालाइ थप ७ दिन निषेधित क्षेत्र घोषणा गरेसंगै मुख्य शहरहरू दुहबी , इटहरी ,धरान , इनरूवा लगायतका बजार ब्यवसाय ठप्प रहने भएको छ ।
अति आवस्यकिय सेवाहरू बाहेकका सवारी साधन र औषधि पसल बाहेका सबै व्यवसाय बन्द गर्न प्रसाशनले आग्रह समेत गर्दै आएको छ ।