दुहबी / जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभर आज राती १२ बजे देखि साउन २६ गते राती १२ बजे सम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ ।
पछिल्लो समय सुनसरी जिल्लामा समुदाय स्तरमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि दुहबी,इनरुवा,इटहरी,धरान र बराहक्षेत्र नगरपालिकाले लकडाउन सुरु गरेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको हो ।
लकडाउन उल्लंघन गर्दै सडकमा भिडभाड भएको भन्दै कोरोना सङ्क्रमण रोक्न निषेधाज्ञा जारी गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले अत्यावश्यक सेवा,स्वास्थ्यकर्मी र सरकारी सेवा बाहेक अरू कसैलाई घर बाहिर ननिस्किन अपिल गरेका छन् ।