काठमाडौं : जेनजी आन्दोलनका क्रममा लुटिएका सामग्री खरिदबिक्री गर्नेलाई कारबाही हुने भएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरोले भदौ २३ र २४ गते भएको आन्दोलनमा सरकारी तथा निजी भवन, व्यापारिक भवन, बैंक वित्तीय संस्था लगायतका संरचनाहरूमा लुटपाट भएको सामग्री खरिद तथा बिक्री गर्ने कारबाही हुने जनाएको हो।
आन्दोलनमा कागजपत्र, ऐतिहासिक दस्तावेज, बहुमूल्य वस्तु, हातहतियार, अन्य महत्वपूर्ण जिन्सी तथा नगद सामानहरू लुटपाट गरी विभिन्न माध्यमबाट बजारमा बिक्री वितरण भइरहेको सूचना आएकाले प्रचलित कानून बमोजिम कारबाही हुने ब्यूरोले जनाएको छ।
ब्यूरोले हाल अनुसन्धान भइरहेको र त्यस्ता सरसामानहरुको खरिद तथा बिक्री नगर्न नगराउन अनुरोध गरेको हो।





