दुहबी / दुहबी नगरपालिकाको आयोजना, स्टेप अप परियोजनाको सहयोग र रोजगार तथा लघु उद्यम बिकाश शाखको सहजिकरणमा आयोजित १ महिने इ रिक्सा मर्मर्त तालिमको आज समापन भएको छ। तालिममा सहभागी २० जना मध्य १ जना झापाको मेचिनगर नगर पालिकाबाट समेत जुटेका छन्।
दुहबीका बिभिन्न वडाका १९ जना र १ जना झापा बाट तालिम मा रुचि देखाएर श्रम संशार मोबाइल एप मार्फत जोडिएका थिए भने दुहबी ४ बाट शुन्य सहभागी थिए। झापाका सुजन दियाली आफ्नो पालिकाले यो अवसर प्रदान नगरेको दुखेसो गर्दै दुहबी नगरपालिकाले अवसर दिएको मा नगर प्रमुखलाइ धन्यवाद दिए। आन्तरिक रोजगारी शृजनाका लागी दुहबी नगरपालिकाले युवायुवती हरुलाइ ब्यावसायिक सिप र क्षेमता बिकाश तालिम संचालन गरी रोजगारी सृजना गर्दै आएको छ।
करोडौ रकम खर्चिएर नगरपालिका भित्रका बेरोजगार, बिपन्न युवा युवतीहरुलाइ छोटो तथा लामो अवधिका सिपमुलक तालिम , बिउ पुँजी, ब्यावसाय दर्ता र अन्य उपकरण समेत प्रदान गर्दै सैकडौ लाइ ब्यावसायिक बनाइ सकेको छ। इ रिक्सामा अहिले मेकानिक्स को अभाव छ तसर्थ दुहबी नगरपालीकाले निशुल्क तालिम आयोजन गर्दा समेत नगरबासी हरु यस्ता तालिम लिन हिच्किचाउने र बेरोजगार भए भन्ने हरुको लागी अब छुट छैन, तालिम लिनुस, बिउ पुँजि दिन्छौ , ब्यावसाय राम्रो गर्दै जानुभो भने बैँक बाट मेरो जमानीमा रिण १८ लाख सम्म सहुलिएत कर्जा दिलाउने छु तर तपाइहरु अगाडि बढ्नु पर्छ, ; नगर प्रमुख वेद गच्छादारले सहभागी हरु लाइ भने ।
परम्परागत शिक्षाले बेरोजगार शृजना गर्यो भनेर संघ सरकार र प्रदेशले सहयोग नगरेपनि दुहबीमा आफुले बैकल्पिक शिक्षाको रुपमा यस्ता कार्यक्रम ल्याएको बताउदै उनले यो क्रम निरन्तर रहने बिस्वास दिलाए। सहभागी हरुलाइ नगर प्रमुखले प्रमाणपत्र समेत बितरण गरेका छन्। कार्यक्रममा रोजगार शाखाका पवन प्रधान, लघु उद्यम बिकाश शाखा बरिष्ठ सहजकर्ता दिवेश चौधरी सहभागी थिए।





