दुहबी / सुनसरीको दुहबीमा भएको तेस्रो मेयर कप क्रीकेट प्रतियोगिताको उपाधी लगातार तेस्रो पटक दुहबी नगरपालिका वडा नम्बर ६ को टिमले जित्न सफल भएको छ ।
श्री सरस्वती मा.वि.को खेल मैदानमा आज भएको फाइनल म्याचमा दुहबी वडा नम्बर ५ को टिमलाई हराउँदै उपाधी चुम्न सफल भएको हो ।
समापन खेलका प्रमुख अतिथी दुहबी नगर प्रमुख बेदनारायण गच्छदार र बिशिस्ट अतिथी दुहबी वडा नम्बर ६ का वडाअध्यक्ष घनश्याम हलुवाईले संयुक्तरूपमा दुहबी ६ का खेलाडीहरुलाइ उपाधी सहित नगद ३० हजार प्रदान गरेका छन् ।




