दुहबी / सुनसरीको दुहबीमा माटो कारोवारीहरुले अवैध खोला दोहन गरेर माटो प्रसोधनको नाममा झोलुंगे पुल छेवमै डोजर लाएर गहिरो भंगालो बनाउँदै अवैध उत्खनन गरेको पाइएको छ । दुहबी नगरपालिका वडा नम्वर ७ मा पर्ने बुढीखोलामा रहेको झोलुंगे पुल छेवमै माटो र बालुवा प्रसोधनको नाममा नदि दोहन हुँदा नदिको मुहार परिवर्तन गरेर करोडौंको झोलुंगे पुल हिडने बाटो समेतको दुर्दसा भएको स्थानियहरु बताउँछन ।
स्थानिय सरकारबाट ठेक्का न लागेको सो नदिमा गैरकानूनी हिसाँवले माटो कारोवारीहरुले खोला उत्खनन गरेर करोडौंको माटो तस्करी गरी बेच्दै गरेको भन्दै स्थानियहरु आक्रोसित भएका छन ।
बुढीखोलामा डोजर लगाएर १०–१५ फिट गहिरो भंगालो बनाउँदा समेत स्थानिय प्रशासनको ध्यान पुग्न न सकेको भन्दै स्थानियहरु थप आक्रोसित छन । बस्ती छेवमा रहेको बुढीखोलामा डोजर लगाएर नदि उत्खनन गरेर टिपर र ट्रयाक्टरबाट माटो बालुवा लाने क्रममा हिड्ने बाटो समेतको दुर्दसा भइरहेको स्थानियहरुको भनाइ छ । सरोकारवालाहरुले ध्यान न दिंदा वस्ती र करोडौंैंको पुललाइ उच्च जोखिममा पारेको उनिहरुको आरोप छ ।
यता सोही बीषयमा दुहबी नगरपालिका संग बुझ्दा सो ठाउँमा बालुवा र माटो प्रसोधनको कुनै ठेक्का न लागेको बताउँदै अवैध उत्खनन भइरहेकोमा पटक पटक नगर प्रहरी परिचालन गरी रोक्दै आएकोमा रातको समयमा माटो चोरी गरेको बताउदै करोडौको झुलुंगे पुल लाई उच्च जोखिम पार्ने माथी कडा कानुनी कार्वाही गर्ने बताए ।
केहि दिन अगाडी स्थानिय युवाहरुले अवैधानिक किसीमले प्रारिम्भक वातावरणीय परिक्षण प्रतिवेदन विपरित वस्ती र पुललाइ जेखिम पार्ने हिसाँवले माटो र बालुवा उत्खनन गरेको भन्दै दुहबी नगरपालिकामा उजुरी समेत दिएका थिए । उजुरी परेपछि दुहबी नगरपालिकाले तत्कालै सो अवैध उत्खनन रोक्न प्रशासनलाइ पत्रचार गरेपछि रोकिएको उत्खनन पुन सुरु भएको भन्दै स्थानियहरु आक्रोसित छन । ऐन अनुसार पुलबाट ५०० मिटर सम्म बालुवा र माटो उत्खनन गर्न न मिल्ने साथै घना वस्ती,सार्वजनिक स्थल र खोलाको बहाव बाट २०० मिटर सम्म गहिरो भंगालो बनाएर बालुवा र माटो उत्खनन गर्न मिल्दैन तर सरोकारवालाहरु मौन देखिंदा सो पुल, बाटो र खोला छेवको वस्ती उच्च जोखिममा परेको हो ।




