• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

लैङ्गिक समानता तथा सामाजिक समावेसीकरण परिक्षणमा दुहबी नगरपालीका दोश्रो स्थान

काेचिला खबर by काेचिला खबर
01/08/2025
in FEATURE, स्थानीय
53
SHARES
243
VIEWS
Share on FacebookShare on Twitter

अर्जुन खडका

दुहबी, २४ पौष / लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण का बिभिन्न १०० सुचक पार गर्दै दुहबी नगरपालिकाले दोश्रो स्थान ओगटेको छ। बरिष्ठ समाजशास्त्री डा चन्द्र उपाध्याय तिम्सिनाले दुहबी नगरपालिकाको बिभिन्न शाखा हरु सग चरणबद्द छलफल र पांच ग्रुपमा लिएको परिक्षण पछि उक्त नतिजा हासिल गर्न सफल भएको छ। सुचकको आधारमा प्राप्त नतिजालाइ ३ तहमा बर्गीकरण गरिएको थ्यो।

कुल प्रतिशतको ८०% माथिलाइ सर्वत्कृष्ट , ६० देखि ८० सम्म दोश्रो र ४० देखि ६० सम्म लाइ सामान्य भनि बिभाजन गरिएको थियो । दुहबी नगरपालिकाले सम्पुर्ण सुचक मध्य ६१.५% प्राप्तान्क सहित दोश्रो स्थान हासिल गरेको छ। दुहबी नगरपालिकाले लैङ्गिक समानता तथा सामाजिक समाबेशीता सम्बन्धी कार्यदल नगर प्रमुख बेद गच्छादारको अध्यक्षता मा २०७८/७९ मा नै गठन गरिसकेको छ।

उक्त कार्यदल ले उपमेयर मेनुका खतीवडाको अध्यक्षता रहने गरि उपसमिति गठन गरि चरणबद्द रुपमा यस क्षेत्रमा काम गर्दै आएको छ। नेपाल सरकारले बार्षीक बजेट तथा निति कार्यक्रम बनाउदा हरेक पालिकाको लिजा का आधारमा बजेट बिनियोजन गर्ने हुदा लिजाको लागी पनि यो सुचक महत्वपुर्ण डकुमेन्ट रहने छ। लैङिक असमानता, सामाजिक बहिस्करण , भौगोलिक बिभेदले जकडिएको समाजलाइ समतामुलक ढङ्गले निर्माण गर्ने उदेश्य नेपालको सम्बिधान २०७२ को छ।

धारा १६ ले सबै ब्यक्तिहरुको सम्मान पुर्वक बाच्ने हक, धारा ४२ ले सामाजिक न्यायको हक, धारा १७ ले स्वतन्त्रताको हक, धारा १८ ले समानताको हक, धारा ३८ ले महिलाको हक, धारा ४३ ले आर्थिक बिपन्न, अशक्त असहाय एकल महिलालाइ सामाजिक सुरक्षाको हक सुनिस्चित गरेको छ। त्यस्तै धारा ५१( ञ ) मा सामाजिक न्याय र समावेशिकरण सम्बन्धी नितिको ब्यावस्थाका साथै धारा ५२ ले राज्यले गर्नुपर्ने दायित्वको ब्यावस्था गरेको छ। स्थानिय सरकार संचालन ऐनको दफा २४ ले पालिकाले आफ्नो अधिकारक्षेत्र भित्र का लागी स्थानिय स्थरका बिकाश आवधिक , बार्षीक रणनितिगत रुपमा मध्यकालिन तथा दिर्घकालिन योजना बनाइ लागु गर्नुपर्ने कुरालाइ कानुनि दायित्वको रुपमा ब्यवस्था गरेको छ।

यसैलाइ मध्यनजर गर्दै दुहबी नगरपालिकाले लैससास सम्बन्धी नितिगत र ब्यावहारिक बिषयलाइ जोड्दै २ दिने कार्यशाला गोस्ठीको आयोजना गरेको थियो। कार्यक्रममा दुहबी नगरप्रमुख बेद गच्छादार को अध्यक्षता रहेको थियो भने उपप्रमुख मेनुका खतीवडा , प्रमुख प्रशाशकिय अधिकृत हिमालय बराल वडा अध्यक्ष , कार्यपालिका सदस्य , बिषयगत शाखा हरुको उपस्थिति रहेको थियो। कार्यक्रम महिला बालबालिका तथा जेस्ठनागरिक शाखा दुहबी ले संयोजन गरेको थियो।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

04/15/2026
दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

04/07/2026
विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

04/07/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist