दुहबी / सुनसरीको दुहबी ४ का जेष्ठ नागरिक तथा अपाङ्ग र एकल महिलाहरु लाई दुहबी ४ का वडा अध्यक्ष मुस्तकिम मियाले जाडोको न्यानो कपडा बितरण गरेका छन ।
सो न्यानो कपडा वितरण कार्यक्रम्मा वडा सदस्य शंकर बस्नेत, सचिव टंक सुवेदी लगायतले ३६० थान कम्बल बितरण गरेका छन्। दुहबी नगरपालिकाले जाडो याममा जेष्ठ नागरिक हरुलाइ हरेक साल सम्मान स्वरुप न्यानो कपडा बितरण गर्दै आएको छ। न्यानो कपडा पाएपछि जेष्ठ नागरिकहरु खुसीले रमाउनु हुदै जनप्रति हरुलाइ आशीर्वाद दिदै घर फर्केका छन ।।





