दुहबी / सुनसरीको दुहबी ६ का जेस्ठ नागरिक तथा अपाङ्ग र एकल महिलालाइ जाडोको न्यानो कपडा बितरण गरिएको छ।
दुहबी ६ का अध्यक्ष घनश्याम हलुवाइले उक्त सामान बितरण गरेका हुन । सो न्यानो कपडा वितरण कार्यक्रम्मा सोही वडाका वडा सदस्य हरु, वडा सचिव , कार्यपालिका सदस्य, स्थानिय समाजसेवी लगायतले ३०० थान कम्बल बितरण गरेका छन् । दुहबी नगरपालिकाले जाडो याममा जेस्ठ नागरिक हरुलाइ हरेक साल सम्मान स्वरुप न्यानो कपडा बितरण गर्दै आएको छ। न्यानो कपडा पाएपछि जेस्ठ नागरिकहरु खुसीले गदगद हुदै जनप्रति हरुलाइ आशीर्वाद दिदै घर फर्केका थिए।





