दुहबी / चालू अार्थिक वर्ष ६ महिना सकिनै लाग्दा सुनसरी जिल्लाकाे बर्जु गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन हुदा सेवा ग्राही मर्कामा परेका छन ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजिन्द्र गौतमको एकाएक सरुवा गरेपछि बर्जु गाउँ पालिका महिनौ देखि प्रमुख प्रशासकिय अधिकृत बिहिन बनेको हाे ।
गाउँ पालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएपछि पालिका भित्रका काम सम्पन्न भएका योजनाहरुको रकम भुक्तानि रोकिएको छ, भने पालिकाकाे अन्य दैनिक कामकाजमा समेत बाधा भएको पालिकाले बताएको छ।
पालिकामा प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारी सम्हाल्न रबिन्द्र महत लाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा पत्र पठाए पनि हाल सम्म पनि सिराहा जिल्ला प्रशासनमा कार्यरत महत रमाना पत्र लिएर हाजिरी नभएको बर्जु गाउँपालिका प्रमुख जिबछ रायले बताए
पालिकामा महिनौ बिति सक्दा पनि प्रमुख प्रशासकिय अधिकृतको ब्यबस्थापन हुन नसक्नु र भएपनि धेरै बस्न नसक्नुले पालिकाका विभिन्न गतिबिधिमा प्रभाव परेको जनप्रतिनिधीहरु बताउछन् ।




