दुहबी / दुहबी ६ स्थित रहेको टैनरिजछाला उद्योग लाई वातावरणिय मुल्यांकन (IEE) गर्न सिफारिस नदिन नगर प्रमुख र वडा कार्यालय लाई गत मंगलबार लिखित रुपमा छाला उद्योग विरुद्ध बनेका स्थानीय संघर्ष समितिले आग्रह गरेका छन।
केही दिन अगाडी मात्र युनाइटेड टैनरिज छाला उद्योगले प्रारम्भिक वातावरणिय परिक्षण मुल्यांकन (IEE) पास गर्न गरेको सार्वजनिक सुनुवाइ विरुद्ध स्थानीयहरुले बिरोध प्रदर्शन गर्दै कार्यक्रमनै बिथोलीएका थिए ।
सार्वजनिक सुनुवाइमा उद्योग प्रशासनले एकतर्फी सुनुवाइ गरेको भन्दै स्थानीयहरुले नाराबाजि सहितको बिरोध प्रदर्शन गरेका थिए । आक्रोशित स्थानीयहरुले सार्वजनिक सुनुवाइ गर्न बनेको माइन्युट समेत च्यातेका थिए ।
उक्त उद्योगले अत्याधिक दुर्गन्ध र प्रदुषण गरेको भन्दै स्थानीयहरु उद्योग विरुद्ध निरन्तर आन्दोलित भएका हुन ।
छाला उद्योगले गाउँनै दुर्गन्ध बनाएको कारण बिहे गर्न गाउँमा छोरीनै दिन छोडो यस्तो थियो स्थानीयको आरोप ।
सुनसरीको दुहबीमा सञ्चालित युनाइडेट टेनरिज छाला उद्योगका कारण बस्तीमा दुर्गन्ध फैलिए संगै गाउँमा बिहेबारी गर्न छोरी समेत दिन छोडेको स्थानीयहरुले दुखेसो पोख्छन ।
उद्योगले कच्चा पदार्थ (छाला) खुला स्थानमा सुकाउने र उद्योगबाट निस्किएको फोहोर सिधै बुढी खोलामा फाल्दा दुर्गन्ध फैलिएको भन्दै आन्दोलनरत स्थानीयहरुले उद्योग सार्न माग गरीरहेका छन् ।
२०४६ सालमा स्थापित युनाइटेड टेनरिजले छालाको तयारी सामग्री उत्पादन गर्छ ।
स्थानीयले उद्योग सार्न माग गर्दै आन्दोलन सुरु पछि कोशी प्रदेश सरकारको वन, पर्यटन तथा वातावरण मन्त्रालयले उद्योगको अनुगमन गरेको थियो । अनुगमनका क्रममा उद्योगबाट निस्किएको केमिकलसहितको फोहोर पानी सिधै बुढी खोलामा फालेको र प्रारम्भिक वातावरणीय परीक्षण नै नगरेको पाइएको थियो
मन्त्रालयका उपसचिव ध्रवकुमार भण्डारीसहितको टोलीले वातावरणीय प्रभाव मूल्याङ्कन र फोहोर पानी प्रशोधनका लागि ट्रिटमेन्ट प्लान्ट पनि नराखेका कारण तत्काल उद्योग बन्द गर्न निर्देशन दिएको थिए ।
मन्त्रालयले प्रारम्भिक वातावणीय परीक्षणपछि मात्रै सञ्चालन गर्न निर्देशन दिएको हो । स्थानीयले छाला उद्योगविरुद्ध ६ महिना देखि निरन्तर आन्दोलन गरिरहेका छन्
पुर्व वडाअध्यक्ष मुन्ना हलुवाई साहले उद्योगका कारण खत्वे टोल र चौधरी टोलका दुई सय भन्दा बढी घर प्रभावित भएको बताउँछन् । दुर्गन्ध नियन्त्रण नगर्ने भए उद्योगलाई स्थानान्तरण गर्न आग्रह गरिएको उनले बताए ।
छाला प्रशोधन उद्योगका कारण गाउँमा बस्न सक्ने अवस्था नरहेको संघर्ष समितिका अध्यक्ष सुरजकुमार पासवानको गुनासो छ । ‘उद्योगको दुर्गन्धका कारण गाउँमा पाहुना आउन छाडे, साथीभाई पनि आउदैनन्’, पासवानले भने, ‘बिहेवारी हुन पनि समस्या छ ।’ उनका अनुसार फोहोर पानी सिधै खोलामा फालेका कारण खोलाको पानी खाने गाईवस्तुमा पनि समस्या देखिएको छ ।
‘उद्योगको दुर्गन्ध हाम्रो बस्तीमा मात्र होइन, कोशी राजमार्ग यात्रा गर्ने यात्रुले बुढीखोला पुल आसपास झेल्नुपर्छ’, उनले भने,‘ उद्योगले मनोमानी गर्दा समस्या भयो ।’
युनाइडेटसँगै एसियन लेदर उद्योग छ । दुईवटै उद्योगबाट दुर्गन्ध आइरहेको स्थानीयको भनाइ छ । युनाइडेटविरुद्धको आन्दोलनपछि स्थानीयले एसियन विरुद्ध पनि आन्दोलन गर्ने तयारी गरेका छन् । संघर्षका अध्यक्ष भन्छन् ‘हामीलाई धेरै समस्या छ, सुनिदिने कोही छैन ।’ प्रदेशको अनुगमन समितिले सञ्चालन रोक्न निर्देशन दिएपछि उद्योग बन्द भएको बताए ।
युनाइटेडका सञ्चालक सदाक अख्तरले आफ्ना विरुद्ध योजनावद्ध रुपमा आन्दोलन भइरहेको बताउँछन् । उनी भन्छन कानुनी प्रकृया बाट उद्योग संचालन गर्न लाग्दा समेत अबरुध गरेको गुनासो पोखदै आएका छन ।






