दुहबी / सुनसरी दुहबी २ स्थित संचालनमा रहेको प्रभात फुड प्रोडक्ट उद्योगमा काम गर्ने मजदुर शिवु उराँवको रहस्यमय मृत्यु भएको मृतका आफ्न्तले बताएका छन ।
शनिबार बिहान सो उद्योगको गेट अगाडीको नालामा मोरङ जिल्ला बुढी गंगा ७ कमल पुर घर भएको बर्ष ३५ शिवु उराँवको सव फेला परेका थिए ।
मृतक उराँवका दिदी सुचिया उराँवका भनाई अनुसार भाई शिवु उराँव
गत सोमबार बिहान घर बाट डिउटी ( काम गर्न ) जादैछु भन्दै हिनेका भाई ५ दिन पछि काम गर्ने उद्योगको गेट अगाडिको नालामा मृत फेला पर्नु भनेको हत्याको भएको आशंका जनाएका छन।
उनि भन्छन उद्योग व्यवस्थापकले गैर जिम्मेवारी कुरा गर्दै छन सोमबार राती तिम्रो भाई शिवु उद्योग बाट घर गएको झुठो कुरा हो मेरो भाई घर जादा हिनेर कसरी जान्छन तेसमा पनि भाईको साईकल उद्योग भित्र कसरी छन ।
जबकि त्यो उद्योगको गेट ८ बजे पछि बन्द हुन्छ गेट बाहिर कसरी जान्छन गेट बाहिर जादै गरेको सिसिटिभीमा रेकर्ड किन भएन रेकर्ड गायब गरिएकोत होइन भन्दै आरोप लगाएका छिन ।
मृतक उराँवका आफ्न्त कमला उराँव भन्छिन उद्योग हाता भित्रको क्वाटरमा शिवु बस्दै गरेका थिए उद्योग बाट सोमबार बेलुका देखि हराएकोमा मंगलबार काममा अनुपस्थिति नभएको शिवुको साईकल उद्योग भित्र देखिँदा समेत उद्योग मालिक अजित अग्रहरीले शिवु हराएको ५ दिन बिति सक्दा पनि किन घर परिवार वा प्रहरी लाई खबर नगरेमा शंकासपद देखीएको बताईन ।
सोही घटना विषयमा ईलाका प्रहरी कार्यालय दुहबीका ईन्चार्ज सागर तिम्सिना संग बुझ्दा घटना बारे थप अनुसंधान भईरहेकोमा सवको पोस्टमार्टम रिपोर्ट नआउन्जेल केही भन नसकिने बताए ।
उता समाजवादी ट्रेड युनियन माहासंघ कोशी प्रदेशका अध्यक्ष राजेश यादवले मजदुरको रहस्यमय मृत्युको सत्य तथ्य छानबिनको माग सहित गरेका छन ।




