जुगेश दास । बिर्तामोड नगरपालिका वडा नम्बर ३ मा आज एक कार्यक्रमका बीच झापा जिल्ला डोरी तान संघको साधारण सभा तथा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ३ का अध्यक्ष मदन बुढाथोकी रहेका थिए भने संघका केन्द्रीय सदस्य संगीता चिमरिया र प्रदेश उपाध्यक्ष हिमा पौडेल विशेष अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य संघका जिल्ला सदस्य हेम कुमार न्यौपानेले व्यक्त गरेका थिए। कार्यक्रममा सचिव मनिष मुर्मुले सञ्चालनको जिम्मेवारी सम्हालेका थिए भने कोषाध्यक्ष मेनुका उप्रेतीले प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।
कार्यक्रमकै क्रममा नयाँ जिल्ला कमिटी समेत गठन गरिएको छ। नयाँ कार्यसमितिमा युनिता दवाडी अध्यक्ष, कुशब मैनाली उपाध्यक्ष, हेम कुमार न्यौपाने सचिव, मनीष मुर्मु सहसचिव, शंकर कट्टेल कोषाध्यक्ष, र विजय दुलाल सह-कोषाध्यक्षका रूपमा चयन भएका छन्। सदस्यहरूमा शंकर कार्की, कुशल न्यौपाने, नविन भट्टराई, श्रीप्रसाद न्यौपाने, पुष्प न्यौपाने, र भरत ढकाल चयन भएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मदन बुढाथोकीले संघलाई आवश्यक सहयोग प्रदान गर्न तयार रहेको बताउँदै नयाँ कार्यसमितिलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरे।
साधारण सभामा सहभागिता जनाउँदै संघका केन्द्रीय तथा स्थानीय पदाधिकारीहरूले डोरी तान खेलको प्रवर्द्धन र जिल्लामा खेलकुदको विकासका लागि ठोस कदम चाल्ने प्रतिबद्धता जनाएका छन्।




