दुहबी / सुनसरीको गढी गाउँपालिका–६ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार तेतर साहु ८ सय १६ मतसहित विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार, यहाँ नेकपा माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवार दोस्रो भएका छन् । उनले ७ सय ९४ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार शन्तु उराव ७ सय ७० मतसहित तेस्रो भएका छन् ।
यो वडामा यसअघि नेकपा एमालेले जितेको थियो । त्यतिबेला एमाले उम्मेदवार सदानन्द उराँव झागरले ७ सय १२ मत प्राप्त गरेका थिए ।





