• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

टिभेटको गुणस्तर सुधारका लागि आई ल्याब (iLAB) कोशी टिमको सक्रियता

काेचिला खबर by काेचिला खबर
10/08/2024
in FEATURE, स्थानीय
51
SHARES
232
VIEWS
Share on FacebookShare on Twitter

 

दुहबी, २२ असोज / प्राबिधिक तथा व्यवासायिक शिक्षा र तालिम (TVET) को गुणस्तर सुधारका लागी दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारको नेतृत्वमा TVET Board मार्फत कोशी आइल्याब टिमले सकृयता बढाएको छ ।

सिटिइभिटी तथा प्रदेश सरकारले सञ्चालन गरेको औद्योगिक प्रशिक्षार्थी (Appreticeship) तालिमका लागी अघिल्लो बर्षहरुमा आवेदन नै कम पर्ने गरेको समस्यालाई सम्बोधन गर्न कोशी आईल्याब टिमको सकृयतामा दुहबी र रामधुनी नगरपालिकामा औद्योगिक प्रशिक्षार्थी तालिमका बारेमा अभिमुखिकरण तथा वृत्ति पथको बारेमा कार्यक्रम सम्पन्न गरिएको छ ।

तालिमका लागी आवेदन कम पर्ने, कम आवेदनबाट छनौट गर्नुपर्दा राम्रो मान्छे तालिमका लागी नआउने, उद्योगमा बसेर काम गर्दा बिचैमा छोडेर जाने जस्ता समस्या रहेकोमा कोशी आइल्याब टिमले युवाहरुमा औधोगिक प्रशिक्षार्थी सम्बन्ध्ी जागरण ल्याउन समुदाय स्तरमा पुगेर अभिमुखिकरण गरेको हो । यस कार्यक्रमलाइ दुहबी नगरपालिका वडा न. ८ र रामधुनी नगरपालिकामा सम्पन्न गरिएको थियो भने यी कार्यक्रमहरुबाट १७५ जना युवा औद्योगिक प्रशिक्षार्थीहरुले Dual-VET Apprenticeship कार्यक्रममा लागि आवेदन फारम बुझाएका छन् l

काठमाडौ विश्वविद्यालय र सिमेट, इटिएच जुरिचको सहकार्यमा सञ्चालित शिक्षा प्रणाली कार्यान्वयन प्रयोगशाला कार्यक्रम (iLAB) अन्तरगत छनौट भएको कोशी टिमले स्थानीय सरकार, प्राबिधिक शिक्षालय र निजि क्षेत्रको सहभागितामा गठन भएको TVET Board मार्फत काम गरिरहेको छ ।

दुहबी नगरपालिका प्रमुख वेदनारायण गच्छदारका अनुसार वैदेशिक रोजगारीमा शारीरिक सुरक्षा र जोखिमको सम्भावना धेरै रहेको उल्लेख गर्दै स्वदेशमा आफ्नै घरपरिवारसित एकै ठाउँमा बसेर रोजगारी गर्नुमा धेरै फलदायी हुने बताए ।
उनले दुहबी नपाले औद्योगिक प्रशिक्षार्थीलाई १९.५ महिना औद्योगिक अभ्यास र ३.५ महिना शिक्षालयमा अध्ययन गराउने उद्योगलाई व्यावसायिक करमा ५ प्रतिशत छुट दिने निर्णय गरेको जानकारी गराए। साथै दुहबीका ६ वटा सामुदायिक माध्यमिक विद्यालय र २ वटा संस्थागत विद्यालयमा संचालित कक्षा ९ र १० का बिद्यार्थीहरुलाई दिने वृत्ति परामर्श कार्यक्रममा ९ को ६ वटा सेसनमा थप १ सेसन निजि क्षेत्र संग सहकार्य गरि निजि क्षेत्रका संचालक/बिज्ञहरुबाट शिक्षाको संसारमा रहेका बिद्यार्थी हरुलाई कामको संसार बारे ‘ श्रम संसार ‘ अभिमुखीकरण सेसनको राख्ने निर्णय भएको र यसकालागी पालिका र स्कुलसंग वृत्ति परामर्श कार्यक्रमको सम्झौतामा थप एक सर्त राखी हस्ताक्षर गरिने उनले जनाए ।

त्यसैगरि रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले अहिलेको समयमा शैक्षिक अध्ययनको प्रमाणपत्र मात्र भएर नपुग्ने चर्चा गर्दै हरेक युवायुवतीले आफ्नो रुचि र सामर्थ्य अनुसारको सिप र प्रविधिको ज्ञान हासिल गर्नु अनिवार्य भएको बताए।
दुहबी नगरपालिका र रामधुनी नगरपालिका अन्तर्गतका रोजगार सूचना केन्द्र, उधम विकास शाखा र शिक्षा शाखाको समन्वयमा मनमोहन स्मृति प्रतिष्ठान र उद्योग संगठनको सहकार्यमा संचालित यस कार्यक्रममा, अरिहन्त मल्टीफाइबरका HR Manager नारायण लामिछाने, नेपाल युवा महासंघका अध्यक्ष राघब कोइराला, रिद्धि सिद्धि गार्मेन्टकि संचालक, महिला उधमी लक्ष्मी घिमिरे समेतको उपस्थिति रहेको थियो।

अरिहन्तका नारायण लामिछाने सरका अनुशार Apprenticeship कार्याक्रम अन्त्यन्त प्रभाबकारी रहेको र यस कार्यक्रममा अरिहन्त मल्टी-फाइबरले २०७५ साल बाट नै मनमोहन स्मृति प्रतिष्ठान संग सहकार्य गर्दै आइरहेको जानकारी दिनु भएको थियो भने नेपाल युवा महासंघका अध्यक्ष राघब कोइरालाले यस कार्यक्रममा धेरै भन्दा धेरै युवा जोडिनु हुन र उद्योगलाई चाहिने खालको पबिधिक बन्न सुभकामना दिनु भएको थियो।

यस कार्यक्रममा सामाजिक विकास मन्त्रालयका अधिकृत हरि प्रसाद दाहाल, उद्योग संगठन मोरंगका महानिर्देशक चुडामणि भट्टराई, मनमोहन स्मृति प्रतिष्ठानका प्राचार्य/प्रिन्सिपल सुदिप अधिकारी, ENSSURE परियोजनाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
प्रदेश सरकारले संचालन गरेको यस कार्यक्रममा स्थनीय सरकारले गरेको सहकार्य उत्साहजनक रहेको र यसले अन्तरसरकारी समन्व्य बढिरहेको साथै प्रदेश सरकार र स्थानीय सरकारको प्राबिधिक शिक्षामा उल्लेखनीय चासो वृद्धि भएको देखिएको छ।
औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रममा निजि क्षेत्रको महत्वपुर्ण भूमिका हुने भएकोले निजि क्षेत्र आफै कार्यक्रमको सूचना प्रचार प्रसार र वृत्ति परामर्श देखि नै जोडिनु नौलो र सिर्जनात्मक अभ्यास रहेको थियो। आइ ल्याब को सकृयता सगै दुहबीमा अहिले प्राबिधिक शिक्षा तथा सिप बिकाश तालिमका लागी सहभागी हरुको घुंइचो लाग्ने गरेको छ। बृत मार्गनिर्देशन सिकाइ काक्षा ९/१० मा मात्रै रहे पनि हाल दुहबिले कक्षा ८ मा समेत सन्चालन गर्ने तयारी गरेको छ। बृत मार्गनिर्धेशन तालिम का कारण हाल प्राबिधिक शिक्षा तर्फ भिड बढ्ने गरेको छ्।

यसलाइ आइ ल्यावले हप्ताको ६ दिनमा एक पिरियड अलग्गै राखि सम्बन्धित उद्योग र बिज्ञ मार्फत शिक्षण सिकाइ गरिने समेत आइ ल्याब प्रतिनिधि ले जनाएका छन्।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

04/15/2026
दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

04/07/2026
विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

04/07/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist