दुहवी / सुनसरीको दुहवीका युवा उद्यमी तथा सुन चाँदी व्यवसायी तथा दुहवी जेसिजका पुर्व कार्यकारी उपाध्यक्ष दिलिप स्वर्णकार मानवअधिकार तथा शान्ति समाज सुनसरीको कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् ।
विहिबार इटहरीमा सम्पन्न भएको साधारण सभामा रोवनराज कार्कीको नेतृत्वमा दुहवीका सफल व्यवसायी तथा समाजसेवी स्वर्णकार लगाएतको टिम निर्वाचित भएको हो ।
युवा व्यवसायी स्वर्णकार विगतका समयहरु देखी नै सामाजिक कार्यमा रुचि राख्दै क्लोथ बैंक तथा फुड बैंक को स्थापना गरी गरीब तथा असहाय नागरीकहरुलाई सहगोग गर्दै आईरहेको पाईन्छ ।
साथै स्वर्णकारले नियमित रक्तदान कार्यमा अग्रणी भुमीका राख्दै विभिन्न परीस्थितिमा कहि कसैलाई ब्लड आवश्यक परेको खण्डमा ब्लडको जोह गरीने कार्य समेत गर्दै आईरहेको पाईएको छ ।
अहिले समाजका धेरैजसो नागरिक असहिष्णु बन्दै गएका छन् । स–साना कुरामा झगडा गर्छन्, यसले मानव अधिकार र शान्ति प्राप्त हुँदैनन् । मानव अधिकार र शान्ति भए मात्र विकासले गति लिने र नागरिकलाई सहजता हुने रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराजका प्रमुख डाक्टर पशुपति चौधरीले बताए ।




