दुहबी / दुहबीका सामुदायिक मा बी का प्र अ र ब्यावस्थापन समितिका अध्यक्ष लाइ तिन दिनभित्र SEE तयारी बिषेस कक्षा संचालन गर्न र नगर शिक्षा शाखालाइ हप्तामा तिन दिन नियमित बिद्यालय अनुगमन गर्न नगर प्रमुख बेद गछदारले निर्देशन दिएका छन्।
दुहबीका संस्थागत बिद्यालयको तुलनामा सामुदायिक बिद्यालय हरुको SEE को नतिजा न्युन आउनु चित्तबुझ्दो नरहेको र यसलाइ कसरी सुधार्न र उत्कृस्ट नतिजा ल्याउन सक्ने अबस्था शृजना गर्न सकिन्छ भनेर आज दुहबी नगर शिक्षा समितिले नगर प्रमुखको निर्देशनमा समिक्षात्मक अन्तर्कृया आयोजना गरेको थियो।
नगर प्रमुख गच्छादारको अध्यक्षतामा नगर सभाहलमा आयोजित कार्यक्रममा ६ वटै सामुदायिक माध्यामिक बिद्यालयका प्र अ र बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष हरु , नगर शिक्षा शाखाका प्रमुख निलमनी खनाल, अधिकृत बिकाश घिमिरे सहभागी थिए। नगर प्रमुख गच्छादारले पालै पालो सबै प्र अ र बि व्यवस्थापनका अध्यक्ष हरुलाइ बिद्यालयका समस्या, चुनौति, र सुधारात्मक पक्ष बारे खुलेर कुरा राख्न समय दिएका थिए।
समग्रमा सबै बिद्यालय प्र अ ले न्युन आयश्रोत भएका बिपन्न तथा दलित समुदायका बिद्यार्थीहरु मात्रै सामुदायिक बिद्यालयमा भर्ना हुने हुदा बिद्यार्थीले पढाइ भन्दा काम गरेर पैसा कमाउन जाने, अधिक अब्सेन्ट हुने, टिफिन पछि भाग्ने र अभिभावक हरुले समेत चासो नदेखाउने हुदा समस्या देखिएको बताएका थिए।
साथै बिसयगत शिक्षकको अभाव, र दरबन्दी समेत नहुदा जटिलता भएको बताए। सबैको भनाइ पछि नगर प्रमुख गछ्दारले शिक्षकले बिद्यार्थी र अभिभावक लाइ दोष थुपार्ने र अभिभावक र जनप्रतिनिधिले शिक्षक माथि दोष थुपारेर उन्मुक्ति नपाउने भन्दै शिक्षक, बिद्यार्थी, अभिभावक र ब्यावस्थापन समिति ले आ आफ्नो ठाउमा जिम्बेवारी इमान्दारिताका साथ बहन गर्न निर्देशन दिए। नगर शिक्षा समितिलाइ हरेक हप्ता मा ३ दिन आकस्मिक बिद्यालय अनुगमन गर्न समेत उनले निर्देशन दिए। रास्टृय परिक्षा बोर्डले आगामि साउन २३ गते पुरक परिक्षाको मिति तोकि सकेको छ। दुहबी का सामुदायिक बिद्यालय हरु बाट फेल भएका अधिकांस मध्य धेरै बिद्यार्थी संख्या साइन्स, म्याथ, इकोनोमिक्स कमजोर रहेको आकडाले देखाएको छ।
दुहबी नगरपालीकामा ६ वटा सामुदायिक माध्यामिक बिद्यालयहरु सन्चालनमा रहेका छन्। SEE २०८० को परिक्षामा दुहबी का ६ वटा सामुदायिक माध्यामिक बिद्यालय हरुबाट कुल ३७४ जना बिद्यार्थी सहभागी भएका थिए भने ४४.६५% अर्थात १६७ जनाले मात्रै उतिण गरेका छन्। २०७ जना नन ग्रेड अर्थात कक्षा ११ मा भर्ना हुन अयोग्य नतिजा प्राप्त गरेका छन्। सरस्वती मा बि दुहबी ५ का १६७ जना परिक्षामा सहभागी बिद्यार्थी मध्य १२१ जनाले मात्रै पास गरेका छन भने ४६जना ननग्रेड छन, । बिस्णु मा बी दुहबी ८ मा परिक्षामा सामेल ३९ जना बिद्यार्थी मध्य १८ जनाले कक्षा ११ पढ्न पाउने छन भने २१ जनाले ननग्रेड अर्थात फेल भएका छन्। जनता मा बी दुहबी १० का ६५ जना परिक्षामा समाबेश बिद्यर्थी मध्य १४ जना पास भएका छन भने ५१ जना फेल भएका छन्। यसैगरी गोपाल मा बि दुहबी ११ तनमुना का ४९ जना परिक्षार्थी मध्य १ जनाले मात्रै पास गर्न सफल भएका छन र ४८ जना फेल भएका छन्।
हिमालय मा बि दुहबी १२ का ३४ जना सहभागी परिक्षार्थी मा ५ जनाले सफल नतिजा प्राप्त गरेका छन भने २९ जना फेल भएका छन्। शाल्पा मा बि दुहबी १२ का २० जना परिक्षामा सहभागी बिद्यार्थी मध्य ८ जना पास र १२ जना फेल भएका छन । सामुदायिक बिद्यालयमा सरकारी ठुलो लगानि भए अनुसार नतिजा कमजोर हुनु बिद्यालय ब्यावस्थापकिय पक्ष र शिक्षक हरुको शिक्षण सिकाइमा प्रश्न उठ्नु स्वाभावीक हुन आउछ। सामुदायिक बिद्यालयका शिक्षक हरु १००% तालिम प्राप्त छन, सरकारले तोके बमोजिमको उत्कृस्ट सेवा सुबिधा उपलब्ध गराइएको छ शैक्षिक सामाग्री , पाठ्यपुस्तक, साइन्स ल्याब, आइ टि ल्याब, पुस्तकालय, भौतिक पुर्वाधार लगायत आवस्यकिय सबै सुबिधा उपलब्ध गराउदा समेत नतिजा कमजोर आउदा चिन्ताको बिषय भएको भन्दै नगर प्रमुख गच्छादारले कमजोर बिद्यालय हरुमा नियमित अनुगमन र शैक्षिक गुणस्तर सुधारका लागी थप कदम अगाडि बढाइने बताए।





