- ऋण नतिरेको भन्दै मध्यरातमा महिलाको घरमा पुगेर दुर्व्यवहार गरेको आरोपमा जिवन बिकास वित्तीय संस्था दुहबी शाखा प्रमुख पक्राउ
दुहबी / ऋण नतिरेको भन्दै मध्यरातमा महिलाको घरमा पुगेर गालीगलौज र दुर्व्यवहार गरेको आरोपमा जिवन बिकास लघुवित्त
वित्तीय संस्था दुहबी शाखाका प्रमुख बिहालाल थारु लाई पक्राउ गरेको दुहबी प्रहरीले जनाएका छन ।
शाखा प्रमुख थारु माथि दुव्र्यवहार आरोप लगाएकि दुहबी १० बुद्ध चौक स्थित घर भएको बर्ष ५० कि सरस्वती मण्डलका अनुसार आफू दुई बर्ष अगाडी जिवन बिकास संग २ दुई लाख रुपैया ऋण लिएकोमा पटक पटक किस्ता स्वरुप दुई लाख भन्दा बढि ऋण तिरी सक्दा पनि जिवन बिकास शाखाका प्रमुख बिहालाल थारु सहितले बुधबार राती ९.३० बजेको समयमा जाँडरक्सीले मातेर मेरो घरमा पुगेर जोर जबर्जस्ति कागजमा सहि छाप गर भन्दै आफू र आफ्नो बुहारी सहित लाई गालीगलौज तथा दुव्र्यवहार गरेको आरोप लगाएकि छिन ।
यता जिवन बिकास लघुवित्त वित्तीय संस्था दुहबी शाखाका प्रमुख बिहालाल थारु संग बुझ्दा मण्डलले २ लाख ऋण मध्ये ९० हजार तिर्न बांकी रहेकोले पछिलो समय मण्डल परिवारले किस्ता दिन समेत बन्द गरेकोले उनि संग दिउँसोको समयमा भेट नहुने भएकोले आफू लगायत दुई जना मिलेर राती ९ बजे मण्डलको घरमा पुगेर ऋण तिर्न नस्के बचतमा भएको रकम बाट तिर्न मिल्छ तर तेस्को लागि तपाइको सहिछाप चाहीएकोले अहिले सहि छाप गर्न मात्र भनेको र मण्डल परिवार माथि कुनै दुव्र्यवहार नगरेको थारुले बताए
उता सोही बिषयमा ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक मोहन पोखरेल संग बुझ्दा जिवन बिकास दुहबी शाखा प्रमुख बिहालाल थारु लाई जाहेरीको आधारमा मुद्दा दर्ता भई पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताए ।





