एलएन गच्छदार/मोरङ
मनसुन सुरु भए संगै अविरल बर्षाले कारण आएको बाढीले ३ करोड लगानीमा गरिएको मोरंगको सुन्दरहरैंचाको गछिया खोलामा निर्माण गरिएको बाध र तटबन्ध बगाउदा निकै क्षति भएको छ भने अर्को तर्फ बाढी बस्तिमा पस्ने जोखिमले स्थानिय जनता त्रसित छन्।
मोरङको सुन्दरहरैंचा नगरपालिका ६ र ७ मा सिचाई तथा जल प्रकोप उत्पन्न कार्यक्रम अन्तरगत ३ करोडको रकममा बाध निर्माण संगै गछियाको खोलाको तटबन्ध गरिएको
थियो । अबिरल वर्षा संगै आएको गछिया खोलाको बाढीले निर्माण गरिएको बाध र तटबन्ध भत्किदा स्थानिय त्रसित बनेका छन्। खोला नजिक नजिक बस्ती छ। भत्किएको भाग समयमै तटबन्ध गरिएन भने मानव बस्तीलाई क्षति गर्ने छ। वडा -६ का वडाअध्यक्ष जीवन कुमार राईले ३६देखि ४० लाख जतिको क्षति भएको अनुमान गरेको छ।
गछिया खोलाले सुन्दरहरैंचाको वडा ३ , ४ , ६ र ७ हुँदै बग्छन । बर्खा याम सुरु भएपछी यहाँका जनता निकै त्रसित हुन्छन। गत बर्ष आएको बाढिले पनि निकै क्षति भएको स्थानिय बताउछन। सुन्दरहरैंचा वडा ६ का स्थानीय वसन्त भण्डारीको घर गछिया खोला नजिकै छ। तटबन्ध सपन्न गरेपनी आएको बाढिले तटबन्ध भत्काउदा उनी त्रसित छन।
वडा – ६ जुन गछिया खोला र तेलिया खोलाको बिचमा छ बाध निर्मागरी सुरु गरेको तटबन्ध भतिएको पछि बस्ती जोखिम सगैं त्रसित बनेको छ। यदि भत्किएको क्षेत्रको निर्माण र ब्यबस्थापन गरेन भने बाढी गाउँ पस्ने जोखिम रहेको स्थानीय कमल अधिकारीले बताए ।
त्यस्तै महेन्द्र राजमार्ग संगै बगेको गछिया खोला पुल नजिक दुबै तर्फ बस्ती छ। पुल पनि जिर्ण बन्दै गएको छ। मनसुनको समयमै सुरुभएपछी अबिरल बर्षाले खोलामा तटबन्ध भत्किदा वडा ७ को गछिया बस्ती पनि जोखिममा छ। बाढीले मानव बस्तिलाई क्षति गर्छ भनेर त्रसित बन्दै गरेका स्थानीय क्षेकवार र तटबन्ध गर्न बांस, स्याउलाको प्रयोग गरि बस्ती जोगाउन लागि परेका छन।
सुन्दरहरैंचामा गछिया खोला जस्तै बुढिखोला, खादम खोला, लोहन्द्रा लगायत खोलाले समेत मानवबस्ती संगै बर्षेनी जग्गा कटान गर्दै आएको छ । यसै गरि बर्षा नरोकिने हो भने बिगत बर्ष झै बुढी खोलाले मानवीय क्षति गरेको घटना समेत दोहोरिन नसक्ने भन्न सकिन। यसमा समयमै सचेत हुन जरुरी छ भने स्थानिय, प्रदेश तथा संघिय सरकारले पनि बाढी नियन्त्रण तथा तटबन्धनका काम समयमै सपन्न गर्न सके बस्ती जोखिमबाट बचाउन सकिन्छ।