दुहबी / सुनसरीको दुहबी वडा नम्बर ३ स्थित कोशि राजमार्ग छेउमा रहेको सारा फर्निचर कास्ठ उद्योगमा बिहीबार राति आगलागी हुदा १ करोड भन्दा बढिको क्षेती भएको ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक मोहन पोखरेलले जनाएका छन ।
पोखरेलका अनुसार गत जेस्ठ २४ गते बिहिबारको राति अन्दाजि १२.३० बजेको समयमा बिद्युत सर्ट भै आगो लागेको हुन सक्ने अनुमान रहेता पनि सो बीसयमा थप अनुसंधान भईरहेको बताए ।
सो कास्ठ उद्योगमा आगलागी हुनासाथ दुहबी, बिराटनगर , इटहरी , इनरुवा, रामधुनि लगायतका बारुनण यन्त्र तथा नेपाल प्रहरी स्थानीय लगायतले आगो नियन्त्रण प्रयास गरेपनि निकै समय पछि आगो नियन्त्रणमा आएको स्थानीयहरुले बताए ।
आगलागी भएको कास्ठ तथा फर्निचर उद्योग स्थानीय जाहिर मियाको रहेको हो ।
आगलागि भएको घटना स्थल तत्कालै अनुगमन गरेका दुहबी नगर प्रमुख वेदनारायण गच्छ्दारले क्षेतीको मुल्यान्कन गरी आवस्यक कार्वाहि अगाडि बढाइने प्रतिवदता जाहेर गरेका थिए ।





