दुहबी / मोरङको बुढीगंगा वडा ४ स्थित नेमुवा–प्रास्टोकी बुढीखोला घाटमा बैशाख २२ गते दिउँसो अवैध माटो उत्खन्नको बिवादले दुहवी वडा नं. १ प्रास्टोकीका जाविर मियाको ज्यान गएको परिवार स्रोतको दाबी रहेका छन ।
आफ्नै बहिनी ज्वाई सलिम मियाको समुहबाट माटो उत्खन्न र परिवारीक जनधनको विषयमा भनाभन भई मृतक जाविर मियालाई गम्भिर कुटपिट गरी हत्या गरेको मृतकका परिवार रोसन खातुनको दाबी गरेकि छिन ।
पिडित मृतकका परिवार खातुनका अनुसार आफुलाई सलिम मिया लगायतका समुहले माटो उत्खन्नका विषय सहित जग्गा जमिनको विषय लिएर आफुलाई गम्भीर रुपमा कुटपिट गरेको श्रीमान जाबिर मियाले फोन मार्फत जानकाारी गराएका थिए ।
पिडित खातुनले प्रहरी प्रशासन ,न्यायपालिका लगाएत नागरिक समाजसँग न्यायको अपिल गर्दै हत्याका योजनाकार सलिम मिया सहितको समुहलाई चाडो भन्दा चाडो कानुनी कार्वाही गर्न अपिल गरेकी छिन् ।
यसैगरी सोही गाउँका स्थानिय अकतर हुसेनका अनुसार वषैं देखी परिवारीक झगडाका कारणले यस किसिमको दुख्द घट्ना घटिएको बताए । हुसेनका अनुसार मृतक मियाका बुवा हकिम मियाले मृतक छोरा जविर मियालाई पाउनु पर्ने अंशवण्डा समेत नगरी आर्थिक रुपमा पिडित बनाई मजदुरी गरी दुई छाक जोडदै आएका मृतक मियालाई आफ्नै आफ्न्तबाट कुटपिट गरी हत्या गरीएको आरोप लगाए । यसैगरी यो घट्नामा स्थानिय सरकार पनि दोषि ठहर गर्दै अबैधानिक रुपमा माटो उत्खन्न कार्यको विरोध गर्दै आए पनी अबैधानीक रुपमा माटो उत्खन्न गर्ने भु माफियाहरुलाई संरक्षण दिदै आईरहेको स्थानिय हुसेनले गुनासो पोखे ।
यता सोही माटो उत्खन्न गर्ने क्रममा कुटपिट भई मृत्यु भएको विषयमा बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा सँग बुझन खोजदा सम्पर्क हुन सकेन ।
प्रहरी श्रोतका अनुसार सोही घट्ना संलग्न २ जना व्यक्ति फिदा हुँसेन र जुवेर मियालाई हिरासतमा लिएका छन् भने सलिम मियालगाएतका हाल सम्म फरार रहेको प्रहरीले जानकारी दिएका छन् । बाँकी घट्नामा संलग्न व्यक्तीहरुको खोजि कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएका छन ।




