दुहबी / मोरङको बुढी गंगा गाउपालिका ४ का वडा अध्यक्ष सशिकान्त चौधरीले को १ ब १४२३ प्लेट नम्बर भएको सरकारी गाडी मोटरसाइकल दुरुपयोग गर्दै गरेको सामाजिक संजालमा देखीएको छ ।
गत चैत १२ गते होलि पर्व सार्वजनिक बिदाको दिन वडा अध्यक्ष
चौधरीले सामाजिक संजाल आफ्नो फेसबुक आईडि बाट होलि स्पेस भन्दै सरकारी गाडीमा चढेको तस्बिर पोस्ट गरेको देखिएको थियो

उता सोही विषयमा वडा अध्यक्ष चौधरी संग बुझ्दा सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाई दुरुपयोग गरेको गल्ति सुईकार गरेका छन । उनका अनुसार साथीहरूको लैह लैहमा लागेर सरकारी प्लेट नम्बर भएको मोटरसाइकलमा बसेर तस्बिर मात्र खिचेर सामाजिक संजाल फेसबुकमा पोस्ट गरेको बताए ।





