दुहबी / बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी सुनसरीमा पूरा भएको छ । सुनसरी बाट यो वर्ष १३ हजार ६ सय ८ तेसै गरी दुहबी बाट ६६५ जना विद्यार्थी एसईईमा सहभागी हुँदैछन् ।
सुनसरी शिक्षा कार्यालय प्रमुख खगेन्द्र सुवेदिले सुनसरीमा एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको र परीक्षाको केन्द्र ५० वटा तोकेको कोचिला खबर लाई जानकारी दिएका छन ।
यता दुहबीमा एसईई परीक्षाको ३ वटा केन्द्रमा गोपाल माबीमा १६६ सरस्वती मावीमा २९३ महेन्द्र मेमोरियलमा २०६ जना विद्यार्थी परीक्षामा सहभागि हुदै छन ।





