दुहबी / होलीमा संभावित सवारी दुर्घटना रोकथामका लागि दुहबी ट्राफिकले चेकजाँचमा आज बाटै कडाई सुरु गरेको छ । दुहबी क्षेत्र भित्रनै आकस्मिक र छड्के रुपमा सवारीको चेकजाँच गर्ने मादक पदार्थ सेवन गरेर सवारी चलाएका चालकलाई कारवाही गर्ने कार्य ट्राफिक प्रहरीले सुरु गरेको हो ।
दुहबी ट्राफिक प्रहरीका प्रमुख जोगेन्द्र प्रधानका अनुसार सवारी चेकजाँचको क्रममा तीनजना सवार, मादक पदार्थ सेवन, तीव्र गति, बिना हेलमेट सवारी चलाउने चालकलाई तत्काल नियन्त्रणमा लिईने योजना राखिएको बताए ।
होलीमा मोटरसाइकल सवारहरु धेरै दुर्घटनामा पर्ने गरेकोले विशेष निगरानी गरिने छ । होलीका लागि मात्रै दुहबी क्षेत्र भित्र ट्राफिक प्रहरी फिल्डमै खटिने गरि परिचालित भएका छन् । सवारी नियम उल्लंघन गर्नेहरुलाई तत्कालै नियन्त्रणमा लिने, सवारी नियन्त्रणमा राखेर जरिवाना भराउने जस्ता कारवाही गरिने दावी गरिएको छ ।




