विराटनगर / मोरङको रंगेली नगरपालिका–३, बाबुसाहेब टोलमा आगलागी हुँदा सन्थाल बस्ती सखाप भएको छ । शनिबार भएको आगलागीबाट टोलका २२ घर जलेर पूर्णतः नष्ट भएको इलाका प्रहरी कार्यालय रंगेलीले जानकारी गराएको छ ।
प्रहरीका अनुसार, फुस, बाँसबाट निर्मित घर जलेर नष्ट भएको हो । आगलागी नियन्त्रण गर्न विराटनर, रंगेली, बेलबारी र सुन्दरहरैँचाबाट वारुणयन्त्र परिचालन गरिएको थियो ।
बाक्लो बस्ती भएकाले आगो चाँडै फैलिएर क्षति भएको रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाले जानकारी दिए ।





