दुहबी / महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ आयोजना गरिएको ११४ औँ अन्तराष्टिय नारी दिबसको अवसर पारेर दुहबी नगरपालीकाले बिवाहित महिला को बक्तृत्वकला प्रतियोगीता सम्पन्न गरेको छ । दुहबी नगरपालीका महिला तथा बालबालीका शाखाको आयोजना र गोल फाउण्डेशनको समन्वयनमा आयोजित उक्त प्रतियोगिता को शिर्षक ‘ महिला शसक्तिकरण ‘ रहेको थियो।
दुहबी नगरपालीका की उपप्रमुख मेनुका खतीवडाको अध्यक्षता मा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बेद गच्छादार रहेका थिए। नगर सभाहलमा सन्चालित प्रतियोगितामा शिक्षीका, महिला सामाजिक कार्यकर्ता र शहकारी क्षेत्रमा काम गर्ने महिला सहभागी मध्य १७ जना ले भाग लिएका थिए। प्रतियोगितामा शारदा आ बी दुहबी १२ की पुस्पादेबी बास्तोला प्रथम , दुर्गा आ बी दुहबी ११ कि मिरा चौधरी द्वुतिय र साझा नेपालकि मन्जु चौधरी तृतिय भएका थिए।
प्रमुख अतिथि गच्छादारले मुलुकमा जबसम्म राजनैतिक स्थायीत्व कायम रहदैन तबसम्म संबिधानमा ब्यवस्था भएको मौलिक हक समेत पुर्ण रुपमा कार्यन्वयन हुन नसक्ने र सिमित ब्यक्तिको घेराभित्र महिलाहरुका अधिकार कुण्ठीत भैरहने र समस्या ज्युँ का त्युँ रहिरहने बताएका छन्।
३१ वटा मौलिक हक भित्र महिला सम्बन्धि हक ब्यावस्था भएपनि कर्मकान्डी मात्रै भएको उनले बताए। समानुपातिक समाबेशी निर्वाचन प्रणाली ले नेतामुखि र परजिबि जिबनसैलि लाइ प्रश्रय दिएको र निस्चित बर्ग क्षेत्र, लिङ्ग र जातिले अवसर पाउन नसकेको हुदा मुलुकले समृद्द हासिल गर्न नसकेको उनको जिकिर रहेको थियो।
महिला सशक्तिकरणको क्षेत्रमा दुहबी नगरपालीकाले उत्कृस्ट काम गरिरहेको र सयौँ महिलाहरुलाइ लाखौ रकम खर्चिएर आर्थिक रुपान्तरण र सामाजिक अस्तित्व कायम गरिरहेको जनाउदै लघु उद्यम सग जोडेर आर्थिक सशक्तिकरण को बाटोमा अगाडि बढेको गच्छादारले बताएका छन्। उनले दुहबी नगरपालीका महिलाको आर्थिक र ब्यावसायिक सशक्तिकरणमा कोशी प्रदेशमै उत्कृष्ट रहेको जनाए।
उपप्रमुख मेनुका खतीवडाले महिलालाइ राज्यले संबैधानिक अधिकार दिए पनि ब्यावहारिक जिबनमा लागु हुन नसक्दा अझैपनि धेरै ठाउमा ओझेल पर्नु दुखद रहेको बताइन्। उनले महिलाहरु घरायसि कामकाज मात्रै सिमित हुनु र केहि सामाजिक र राजनितिक क्षेत्रमा निस्केपनि अवसर नपाउनु चुनौति रएको बताइन कार्यक्रमको संचालन महिला शाखाकी अनुस्का भट्टराइले गरेकि थिइन्।
अन्तर्राष्ट्रिय नारी दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन १९११ मार्च ८ मा महिला कामदार माथि भएको श्रम शोषण विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ






