दुहबी / सुनसरी जिल्ला अदालतको मिति २०८०।०६।१२ गतेको फैसला आदेशले जवरजस्ती करणी मुद्धामा ८ बर्ष ६ महिना कैद सजाय तोकिएका फरार रहेका जिल्ला सुनसरी ईनरूवा न.पा. वडा नं. ७ बस्ने बर्ष २४ को रन्जित रिषिदेवलाई ईलाका प्रहरी कार्यालय दुहवी सुनसरीबाट खटिएका प्रहरी
अधिकृत सहितको टोलीले जिल्ला सुनसरी दुहवी न.पा. वडा नं. ८ सोनापुर स्थित लुकिछिपी बसेको अबस्थामा फेला पारेका
छन् ।
कानूनी रित पुर्याई पक्राउ गरी आजै फैसला कार्यान्वयनको लागी सुनसरी जिल्ला अदालतमा प्रस्तुत गरिएकोमा सुनसरी जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागी कारागार कार्यालय झुम्का सुनसरी पठाईएको ईलाका प्रहरी कार्यालय
दुहबीका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिएका छन् ।





