अर्जुन खडका
दुहबी / सुनसरीको दुहबी रानि बिराटनगर इटहरी धरान सडक आयोजनाले मिति २०८०/१०/१२ मा कोशी राजमार्ग अन्तर्गतको दुहबी सडक खण्डको ६३० मिटर बिल्ड अप क्षेत्रभित्रका सडक दायाबाया ६/६ मिटर सेड ब्याक भित्र बनेका संरचना हटाउने सम्बन्धि ३५ दिने सार्वजनिक सुचना जारि गरेपछि दुहबी बजार बासिले उक्त समय अपुग भएको भन्दै आज दुहबी नगरप्रमुख समक्ष समय थप का लागी निबेदन दिएका छन्।

दुहबी वडा नम्बर ५ का अध्यक्ष रमेश रौनियार समक्ष प्राप्त सामुहिक निबेदन लाइ दुहबी नगर प्रमुख बेद गच्छादार समक्ष समन्धित निकायमा समयावधि थप गरिदिन आग्रह सहित आज निबेदन आएको अध्यक्ष रौनियारले बताए ।
गच्छादारले उक्त निबेदन अध्ययन गरिसके पछि तत्काल कार्यन्वयनका लागी कार्वाहि अगाडि बढाउन प्रमुख प्रशासकिय अधिकृत समक्ष तोकाअदेश दिएका छन्। स्थानिय हरुले सडक आयोजनाको सुचनालाइ कदर गर्दै आफ्ना संरचनाहरु आफै हटाउने तर उक्त समय अपुग भएको भन्दै केहि समय थप गरिदिन निबेदन सहितको आग्रह गरेका थिए। स्थानियको उक्त निबेदन प्राप्त भए पछि नगर प्रमुख गच्छादारले स्थानियको गुनासो सुनुवाइ गर्दै सम्बन्धित निकायमा पहल गरिने प्रतिबद्दता जनाएका छन्।
सडक आयोजनाको सुचना पछि केहि स्थानियहरुले हाल आफ्ना संरचना हटाउने कार्य थालनि गरिसकेका छन भने केहि थालनिका लागी आबस्यक कदम अगाडि बढाइ सकेका छन्। पटक पटक स्थानिय समुदाय र जनप्रतिनिधिहरु बिच समन्वयनकारी भुमिका बारे छलफल हुदै आइरहेको छ।





