दुहबी / राष्ट्रिय वाणिज्य बैंक लिमिटेड दुहबी शाखाले बैँकको ५९ औं वार्षिकोत्सव समारोह दुहबी नगरप्रमुख बेद गच्चादारको प्रमुख आतिथ्यतामा बुधबार एक समारोहकाबीच सम्पन्न गरेको छ । बैँकको २३४ औँ शाखाका रुपमा सन्चालित दुहबी साखाकी शाखाप्रमुख रेनुका राजबँशीको अध्यक्षता मा आयोजित उक्त समारोहमा बैँकका पुर्व म्यानेजर देबेन्द्र बजगाइ, बर्तमान कर्मचारी, निक्षेपकर्ता , रिणीहरुको ब्यापक उपस्थिति रहेको थियो।
रास्ट्रीय बाणीज्य बैक दुहबी शाखाले आ ब २०८०/८१ मा उत्कृष्ट रिणी ३ जना र निक्षेपकर्ता १ जना गरि ४ जनालाइ सम्मान गरेको छ भने आ ब २०७९/८० का उत्कृष्ट निक्षेपकर्ता पर्शुराम कार्किलाइ समेत सम्मान गरेको छ्। २०८०/८१ को उत्कृष्ट रिणी गनपति च्युरामिल्स प्रा ली कि सन्चालिका रुबि रौनियार, कोशीका एग्रोभेट का गेहेन्द्र चौधरी, सनि एग्रो प्राली साथै उत्कृस्ट निक्षेपकर्ता दुहबी ४ निवासी पर्शुराम कार्की र शंभु खतीवडालाइ प्रमुख अतिथि दुहबी नगर प्रमुख गच्छादारले प्रसंसा पत्र प्रदान गरी सम्मानित गरेका हुन्।
प्रमुख अतिथि गच्छादारले अर्थतन्त्रमा रहेको चुनौती समाधान गर्न राष्ट्रिय वाणिज्य बैंककोे भूमिका सकारात्मक रहने बताए । बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकासमा थप योगदान गर्नुुपर्ने बताए । उनले बैंकले आगामी दिनमा नाफामा भन्दा गुणस्तरीय सेवामा प्रतिस्पर्धा गरी अन्य बैंकको तुलनामा अग्रणी हुनुपर्ने बताए । उनले संस्थागत सुशासन, पारदर्शिता, भ्रष्टचारमुक्त र शुन्य सहनशिलता नीति अपनाउनपर्ने बताए ।
उनले रा बा बैन्क ऐन, २०२१ अन्तर्गत २०२२ माघ १० गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैङ्क, पूर्ण सरकारी स्वामित्वमा स्थापित नेपालको दोस्रो पुरानो र सबैभन्दा ठूलो वाणिज्य बैङ्क भएको जनाउदै बैङ्कले औद्योगिक व्यापारिक कृषि तथा मुद्रा स्थानान्तर, पूंजी बजार, उपभोक्ता कर्जा लगायत अन्य क्षेत्रहरूमा ग्राहकहरूलाई विविध बैङ्किङ्ग सेवा पुर्याउँदै आएको जनाए। २६० भन्दा धेरै वटा शाखाको विस्तृत कार्यजालो रहेको यस बैङ्कले देशको अर्थतन्त्रको लागि थप उपयोगी कदम चाल्दै जाओस भनि शुभकामना समेत ब्यक्त गरे ।





