दुहबी / दुहबी नगरपालीकाको १४ औ नगरसभा आज नगरबासीको हितका पक्षमा महत्वपुर्ण बुदाहरु सर्वसम्मत अनुमोदन सहित सम्पन्न भएको छ। नगर प्रमुख बेद गच्छादारको सभाअध्यक्षतामा सम्पन्न नगरसभाको पानसमा दिप प्रज्वलनगरी नगरप्रमुख ले उद्घाटन गरेका थिए।
सभामा उपप्रमुख मेनुका खतीवडा, एक देखि बार्ह सम्मका सबै वडा अध्यक्ष हरु, कार्यपालीका सदस्यहरु, वडा सदस्यहरु, बिषयगत शाखाका प्रमुख अथा कर्मचारीहरुको उल्लेखनिय उपस्थिति रहेको थियो। सभाको सन्चालन प्रमुख प्रशासकिय अधिकृत राजकुमार केसीले गरेका थिए।
सभालाइ सम्बोधन गर्दै नगरप्रमुख गच्छादारले नेतृत्वले समय र अबस्थालाइ बुझेर सार्वजनिक हितकालागी निर्णय लिदा ब्यक्तिगत इन्ट्रेस्ट त्याग्नु पर्ने बताएका थिए। १३ औ नगरसभाले तर्जुमा गरेको निति तथा कार्यक्रम हरु सफलताउन्मुख गैरहेको भएपनि लक्ष अनुसारको राजस्व उठ्न नसक्दा र यसै आर्थिक बर्षमा सँघिय सरकारले समेत साढे ६ करोड बजेट घटाएर पठाएको हुदा केहि सिर्षकहरु को बजेट घटाएर रकमान्तर गरि अनिवार्य र जनताको अपरिहार्य कार्यहरु गर्नु पर्ने क्षेत्रमा हाल्नु परेको बताए।
दुहबी नगरपालीका वडा नम्बर ५ को कोशी राजमार्ग ६ लेन सडक निर्माण कार्य भैरहेको र सडक बिभागले सडक को दुबै तर्फ ६/६ मिटर सेड ब्याक उक्त सडक क्षेत्राधिकार भित्र का संरचना सडक ऐन २०३१ (३) क र ३ क को २ अनुसार खाली गराउन सक्ने हुदा बजार बासीलाइ समस्या नपरोस भनेर बिल्ड अप क्षेत्रको संरचना हटाएपछि सो बाहेक बनेका संरचनाहरुलाइ सुरक्षित राख्न र बजारबासीलाइ बैँक तथा अन्य प्रयोजनका लागी कारोबारगर्न सहज होस भनेर घरनक्सा पास तथा अभिलेखिकरण गर्ने उदेश्यले नगरसभा मार्फत उक्त कार्यबिधी समेत नगर प्रमुख गच्छादारले पारित गराएका छन्।
२०५४ मा इनरुवा – दुहबी सडक जोडीने कोशीराजमार्ग को डागाचौक देखि दक्षिणहुदै लुनकरणदास गंगादेबी च्यारिटि जानेबाटो सम्म ६२७ मिटर सडकलाइ बिल्ड अप एरिया घोषणा गरेदेखि नै उक्त क्षेत्रलाइ निषेधीत बनाउदा स्थानियबासी हरु घरनक्सा बिहिन र कारोबार बिहिन हुदै आएका थिए। नगरसभाले यो कार्यबिधी लाइ पास गरेपछि अब ऐनको रुपमा रहनेछ जसले गर्दा स्थानियहरुले आफ्नो सम्पत्तिको सुनिस्चितता पाएका छन , उनले भने ।
जनप्रतिनिधीहरुले गुनासो गरेका छन, कर्मचारीहरु ले जनताको काममा ढिलासुस्ती गरेको र समय अगावै अफिस छोड्ने गरेको सुन्नमा आएको हुदा उप्रान्त यस्तो गुनासो न आउनेगरी सेवा प्रवाह गर्नु होला, नगरसभा मार्फत उनले भनेका छ।
आजको नगरसभामा राजस्व संकलन अभियान, फोहोर मैला ब्यावस्थापन, घरनक्सा अभिलेखिकरण , सम्पति कर ब्यावसाय दर्ता / नबिकरण लगायत का बिषयमा छलफल भएका थिए। नगर सभाले खानेपानी तथा सरसफाइ ऐन तथा कार्यबिधी २०८० , फोहोर मैला ब्यावस्थापन कार्यबिधी २०८०, मर्यादीत महिनावारी महिला कार्यबिधी २०८० , ppp ( praivate public partnership) मोडेल मार्फत पुर्वाधार तथा सरसफाइ क्षेत्रको लगानी सुनिस्चितता सम्बन्धी कार्यबिधी २०८० लगायत को सर्वसम्मत अनुमोदन गरेको छ्।
स्वागत मन्तब्य राख्दै उपप्रमुख मेनुका खतीवडाले बिगतमा ऐन नियमको अन्योलताले लक्षित राजस्व उठ्न नसकेको हुदा उप्रान्त नगरपालीका त्यसतर्फ अगाडि बढ्ने बताइन । दुहबी नगरपालीकामा लामो समयसम्म सेवारत रही उमेर हदका कारण अनिवार्य अवकास भएका प्रसासन साखाका प्रमुख डिक बहादुर कटुवाल र इन्जिनियर साखाका प्रमुख राम कुमार यादवलाइ कदर पत्र सहित सम्मान गरिएको थियो।





