काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँबाट एक जना नक्कली डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर घर भएका सम्बुद्ध भट्टचार्य रहेका छन् ।
काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका अनुसार भट्टचार्य बसुन्धरास्थित धौलागिरि पोलिक्लिनिकमा कार्यरत थिए । उनले आफू टिचिङ अस्पतालमा पनि काम गर्ने गरेको बताउँदै आएका थिए । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा प्रहरीले चिकित्सक शम्वुद्ध भट्टाचार्यलाई पक्राउ गरेको छ
सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले डा. भट्टाचार्यलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए
भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद भएको छ ।
उनले भारतबाट एमबीबीएस उतीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको र त्यही आधारमा नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएको प्रहरीको भनाइ छ ।





