दुहबी / केही दिनदेखि बढेको चिसोका कारण कोशि पदेशको सुनसरी मोरङ लगायतको जिल्लाहरु लगायत जनजीवन कष्टकर बन्दै गएको छ ।
सोमबार बिहानदेखि लागेको बाक्लो हुस्सु र चिसो हावाका कारण कोशि प्रदेशको राजधानि मोरङको बिराटनगर लगायत बुढी गंगा , ग्राम थान , धनपाल , रंगेली , कानेपोखरी , बिराट चौक , सुन्दर हरेै चा लगायत विभिन्न ठाउँको जनजीवन प्रभावित भएको हो ।
चिसोका कारण इनरुवा, भोक्राहा, कोशी, गढी, दुहबी, रामधुनी, इटहरी, धरान, वराहक्षेत्र, हरिनगर, देवागञ्जलगायत क्षेत्रमा बसोबास गर्ने स्थानीय बढी जोखिममा रहेका स्थानीयहरुले बताए । दैनिक रूपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको दुहबीका लोचन सदाले बताए । ।





