चिसोका कारण सुनसरी मोरङको जनजिवन कष्टकर बन्दै ।
दुहबी / केही दिनदेखि बढेको चिसोका कारण कोशि पदेशको सुनसरी मोरङ लगायतको जिल्लाहरु लगायत जनजीवन कष्टकर बन्दै गएको छ ।
सोमबार बिहानदेखि लागेको बाक्लो हुस्सु र चिसो हावाका कारण कोशि प्रदेशको राजधानि मोरङको बिराटनगर लगायत बुढी गंगा , ग्राम थान , धनपाल , रंगेली , कानेपोखरी , बिराट चौक , सुन्दर हरेै चा लगायत विभिन्न ठाउँको जनजीवन प्रभावित भएको हो
चिसोका कारण इनरुवा, भोक्राहा, कोशी, गढी, दुहबी, रामधुनी, इटहरी, धरान, वराहक्षेत्र, हरिनगर, देवागञ्जलगायत क्षेत्रमा बसोबास गर्ने स्थानीय बढी जोखिममा रहेका स्थानीयहरुले बताए । दैनिक रूपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको दुहबीका लोचन सदाले बताए । ।





