दुहबी / जिल्ला सुनसरी दुहवी न.पा. वडा न. १० बुद्धचौक स्थितबाट ईलाका प्रहरी कार्यालय दुहवी सुनसरीबाट खटीएको प्रहरी टोलीले सुनसरी जिल्ला अदालतबाट मिति २०८०।०१।१३ गतेको फैसला आदेशले लगत नम्बर २९६७ बाट ३ महिना कैद र ७,०००/- जरिवाना हुने फैसला भई फरार रहेका चोरी मुद्दाका फरार प्रतिवादी उडिचन मण्डलको छोरा जिल्ला सुनसरी दुहवी न.पा. वडा न. १० वस्ने वर्ष २१ को प्रमोद कुमार मण्डललाई मिति २०८०।०९।२२ गते फैसला कार्यान्वनको लागि सम्मानित सुनसरी जिल्ला अदालतमा उपस्थित गराईएकोमा सम्मानित सुनसरी जिल्ला अदालतबाट चलानी नम्बर ०८०-२६-००४५१७ को पत्र साथ कैद भुक्तानको लागी कारगार कार्यालय झुम्का सुनसरी पठाईएको व्यहोरा अनुरोध ।
साथै मिति २०८०।०९।२० गते जिल्ला सुनसरी दुहवी न.पा. वडा न. ०२ विरगाउँ स्थितबाट सम्मानित सुनसरी जिल्ला अदालतबाट मिति २०७९।१२।१४ गतेको फैसला आदेशले लगत नम्बर २६९३ बाट ५ वर्ष कैद भएका डाँका मुद्दाका प्रतिवादीहरु ऐ.ऐ. वस्ने खुशिलाल उराँवको छोरा वर्ष ४४ को उमेश उराँवलाई दिनको अ. १६:३० बजे र सोही मुद्दाका फरार प्रतिवादी ऐ.ऐ. वस्ने झिरना उराँवको छोरा वर्ष ४४ को बुधराम भन्ने बुद्धलाल उराँवलाई दिनको अ. १७:०० बजेको समयमा पक्राउ गरी प्रतिवादीहरु उमेश उराँव र बुधराम भन्ने बुद्धलाल उराँवलाई मिति २०८०।०९।२२ गते फैसला कार्यान्वनको लागि सम्मानित सुनसरी जिल्ला अदालतमा उपस्थित गराईएकोमा सम्मानित सुनसरी जिल्ला अदालतबाट प्रतिवादी उमेश उराँवलाई चलानी नम्बर ०८०-२६-००४५१८ को पत्रद्वारा र प्रतिवादी बुधराम भन्ने बुद्धलाल उरावलाई चलानी नम्बर ०८०-२६-००४५१९ को पत्रद्वारा कैद भुक्तानको लागी कारगार कार्यालय झुम्का सुनसरी पठाईएको व्यहोरा रहेका छन ।





