दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा नम्बर २ स्थित बग्देमा सुरक्षित आवास भवन सेफ हाउसको सिलान्यास गरिएका छन । नगर प्रमुख बेद गच्छादारले आज बिहिबार धर्मिक अनुस्ठानका साथमा उक्त सेफ हाउस भवनको सिलान्यास गरेका हुन ।
सिलान्यास कार्यक्रममा दुहबी नगरकी उप प्रमुख मेनुका पोखरेल खतीवडा, वडा नम्बर २ का वडा अध्यक्ष अरबिन्द बिश्वास लगायतको सहभागीता रहेका थिए ।
करिब ३२ लाख ६९ हजार ४४६ रुपैयाको लागतमा बन्ने उक्त सुरक्षित आवास भवनको मिति २०८१/०३/१५ भित्र निर्माण सम्पन्न गरी नगरपालीकालाइ हस्तान्तरण गरिसक्नु पर्ने ठेकेदार कम्पनिहरु संगको सम्झौता पत्रमा उल्लेख रहेको छ ।
सो भवन निर्माणका लागि दुहबी कन्स्ट्रक्सन निर्माण सेवाले ठेक्का पाएका छन । तराइमधेस समृद्दि कार्यक्रम अन्तर्गत उपलब्ध भएको बजेट बाट ४ कोठाको पक्कि भवन भित्र किचेन , ३ वटा ट्वाइलेट बाथरुम र सभाहल समेत निर्माण गरिने छ।
दुहबी नगरपालिकामा लैङ्गिक हिंसा र विभेदबाट प्रभावित महिला र बालबालिकाका लागि सुरक्षित आवास गृह निर्माण भएको नगर प्रमुख बेद गच्छादार्ले बताएका छन ।
हिँसा पिडित महिला आवास गृहभित्रमहिला पुरुषका लागि छुट्टै स्नानगृह, शौचालय, परामर्श कक्ष, मनोरञ्जन कक्ष, वार्डेन कक्षसहितका सुविधा रहने छन साथै, बालबालिका मैत्री खेलकुद सामाग्री र फर्निचरको समेत व्यवस्था गरिने नगर प्रमुखले बताएका हुन ।
दुहबी नार उप प्रमुख मेनुका खतीवडाले सुरक्षित आवास गृह निर्माण परियोजनाले भवन निर्माणलाई मात्र नभई लैंङ्गिक हिंसा अन्त्यका लागि जनचेतना जगाउने लक्ष्य समेत राखेको बताइन । उनले भनिन, ”महिला हिँसाका घट्ना दिनानुदिन बढ्दै गएकाहुदा हिँसा प्रभावित महिलालाइ सुरक्षित र जिबिकोपार्जनमुखि बनाउन दुहबी नगरपालीका सक्छम हुदै गएको छ ” ।





