दुहबी, १६ पौष / दुहबी नगरपालीका वडा नम्बर ३ मा जोगबनीमा रहेको मिना बजारको शाखा सन्चालनमा आएको छ। दुहबी नगर प्रमुख बेद गच्छादारले उक्त साखाको आज बिधिवत रिवन काटेर उद्घाटन गरेका छन । उद्घाटन पछि नगर प्रमुख गछ्दारले पसलको अनुगमन गर्दै ब्यावसायिक सफलताको सुभकामना दिएका छन । उद्घाटन कार्यक्रममा दुहबी ४ का अध्यक्ष मुस्तकिम मिया, दुहबी १ का अजुल हुसैन, दुहबी ११ का खड्ग उराउ लगायतको उपस्थिति रहेको थियो ।
दुहबी ३ सामुदायिक अस्पतालको पुर्वपट्टि कोशी राजमार्गमा सन्चालन मा आएको मिना बजार मा सर्टिङ्ग सुटिङ्ग का कपडा हरु जोगबनिकै मुल्यमा बिक्रि गरिने हुदा उपभोक्ताहरुलाइ सहज हुने भएको छ । जोगबनीका ब्यापारी तोहिद आलम र दुहबी १ प्रास्टोकिका आलम मियाको सहलगानीमा सन्चालित मिना बजारले सुरुवाती पुजि रु ५० लाख रहेको सन्चालन द्वय ले जानकारी गराए ।
सर्ट, पेन्ट, कोट , साडी, ब्लाउज , कुर्तासुरुवाल लगायतका थान आइटम हरु जोगबनी कै दरमा हरुलाइ उपलब्ध हुने हुदा भन्सार र गाडीभाडा को झन्झट बाट ग्राहक हरु मुक्तहुने सन्चालक हरु बताउछन । सस्तो दरमा गुणस्तर्युक्त कपडा स्थानिय बजार मै पाइनेहुदा ग्राहकहरु लाभान्वीत हुने र ठगीने सम्भावना बाट मुक्त हुने उनिहरुको भनाइ छ। सस्तो मुल्यमा सामान पाइने हुदा मिना बजारले छिट्टै आफ्नो बजार ख्याति कमाउन सक्ने बुज्रुकहरु बताउछन । दुहबीमा कपडा ब्यावसायि धेरै छन, तर सस्तो र सुलभ मुल्यमा कपडा किन्न जोगबनी नै जाने पुरानै चलन भए पनि अब त्यो समस्याको अन्त्य भएको छ।





