दुहबी / सुनसरीको दुहबीमा श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले २४ औं स्थापना दिवसको अवसरमा आज बिहीबार खुला रक्तदान कार्यक्रम सँगै पुरुस्कार वितरण तथा सम्मान कार्यक्रमको आयोजना गरेका छन् ।
दक्तदान कार्यक्रममा ५३ जनाले सहभागीता जनाएका थिए भने संस्थाले सोही अवसर पारी खुल्ला सदस्य विस्तारमा ६५ जनाले नयाँ शेयर सदस्यताको नाम दर्ता गराएका छन् ।
यसैगरी संस्थाले अनिर्वाय बचत, क्रमिक बचत, असल ऋणी उद्यमी गरी जेष्ठ सदस्य सम्मानमा प्रत्येकबाट ५ जना सेयर सदस्यहरुलाई सम्मान सँगै पुरुस्कार वितरण गरेको संस्थाले जानकारी दिएका छन् ।
यसका साथै जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको लघुवित समुहका भुसकला महिला समुहका इटहरी ११ का दुई जना सेयर सदस्यहरुलाई पुरुस्कार तथा सम्मान गरेका छन् ।
संस्थाका निवर्तमान अध्यक्ष तथा सञ्चालक बोर्डका सल्लाहकार मिलिराम चौधरीले संस्थाले प्रदान गराएका सेवा प्रवाहबारे जानकारी गराउँदै संस्था गत विकास बारे र संस्थाको स्थापना उद्देश्य बारे प्रस्टाईएका थिए ।
कार्यक्रमको अध्यक्षता संस्थाका नवनिर्वाचित अध्यक्ष भुपनारायण भगतले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि गढी गाउँपालिकाका प्रमुख आशनारायण चौधरी लगाएत अतिथिहरुमा विभिन्न संघसंस्थाका प्रतिनिधी र सेयरधनीहरुको उपस्थिती रहेको थियो ।





